Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

प्रतिक्षा खबर
२०८२ चैत्र ७, शनिबार २१:५३

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज दुई समुदायका युवाबीच सुरु भएको विवाद चर्किँदै गएपछि सम्भावित झडप रोक्न प्रशासनले दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

Oplus_16908288

निषेधाज्ञाअनुसार कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा समूहगत गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । घटनाका क्रममा भएको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा ल्याइएको छ । गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ भने अन्य दुई जनाको शिवराज अस्पतालमै उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

गोली लागेर घाइते हुनेहरूमा सानो बुटहनिया निवासी २२ वर्षीय अरुण भनिने जितेन्द्र यादव, भोरहवा निवासी २० वर्षीय मोनु पासी र जिगना निवासी २५ वर्षीय प्रदीप पासी रहेका छन् । उनीहरूलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।

Oplus_16908288

त्यस्तै सानो बुटहनिया निवासी २२ वर्षीय महेन्द्र रैदास हाल शिवराज अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । अजिगरा निवासी ७५ वर्षीय काशी रैदास ढुङ्गामुढा प्रहारबाट घाइते भई सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

स्थिति थप बिग्रिन नदिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । साथै, स्थानीय प्रशासनले सबैलाई संयमित रहन, अफवाह नफैलाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

यता आन्दोलनकारीहरु गैडहवा , बहादुरगंज , बुटअनिया, डुमरा लगायतका चाैकमा टायर बालेर चकाजाम गरेका छन । साथै दाेषीलाई कार्यवाहीकाे माग गरिरहेका छन ।

Oplus_16908288

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर