Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

प्रतिक्षा खबर
२०८१ मंसिर १५, शनिबार १७:२३

१५ मंसिर, बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको  सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गर्‍यो ।

मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा  २ चौका प्रहार गर्दै अविजित २९ रन बनाए । स्कोर टाई भएको अवस्थामा उनले विजयी चौका प्रहार गरेका थिए ।

विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।

कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।

पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।

त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर, उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने ।

६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर, इल्यास पनि १५ रन बनाएर आउट भए ।

त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७,राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४  तथा जितेन्द्र मुखिया खाता नखोली आउट भए ।

जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा  २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

यस्तै क्यानडियन अलराउण्डर हर्ष थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर