जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मिथिलाको पवित्र धार्मिक नगरी जनकपुरधामस्थित माता जानकीको दर्शन गर्नुभएको छ।
जनकपुरधाम भ्रमणका क्रममा सांसद ओलीले माता जानकीको दर्शन गर्नुका साथै पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण गर्नुभएको हो।

दर्शनपछि उहाँले जनकपुरधामको भ्रमण केवल धार्मिक यात्रा मात्र नभई मिथिलाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँगको आत्मीय सम्बन्ध भएको बताउनुभएको छ।उहाँले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि माता जानकीसँग प्रार्थना गरेको उल्लेख गर्नुभएको छ। साथै नेपाल पुनः सनातन हिन्दु राष्ट्रका रूपमा स्थापित हुने संकल्पले सार्थकता पाओस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ।
धर्म रहे देश रहने र संस्कृति रहे राष्ट्रिय पहिचान कायम रहने धारणा व्यक्त गर्दै सांसद ओलीले सनातन परम्पराको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ।
जनकपुरधामको माया, सद्भाव र आतिथ्यप्रति आभार व्यक्त गर्दै उहाँले माता जानकीको आशीर्वाद सबैमा रहिरहोस् भन्ने कामना गर्नुभएको छ।
यस भ्रमणले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ।







