Advertisement
ताजा खबर
मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण जनकपुरधाममा माननीय खुश्बु ओलीलाई हिन्दु सम्राट सेनाद्वारा भव्य स्वागत जसपा नेपाल छाडेका १८ जनप्रतिनिधिको पद रिक्त पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

☰

मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल

प्रतिक्षा खबर
२०८३ मंसिर ३, बिहीबार १९:३८

महोत्तरी। महोत्तरीको मनराशिसवा नगरपालिकाका नगरप्रमुख दिलिप कुमार पाण्डेयसँग पालिकाको समग्र विकास, आगामी स्थानीय तहको निर्वाचन तथा ‘हुंकार मधेस अभियान’का विषयमा छलफल भएको छ।
छलफलका क्रममा नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा पूर्वाधारलगायतका क्षेत्रमा भएका विकास निर्माणका काम, उपलब्धि र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा विस्तृत कुराकानी भएको जनाइएको छ।
त्यसैगरी, आगामी स्थानीय तहको निर्वाचनको राजनीतिक अवस्था, जनताको अपेक्षा तथा स्थानीय तहको विकास र समृद्धिका लागि चाल्नुपर्ने कदमबारे समेत विचार आदानप्रदान भएको बताइएको छ।
‘हुंकार मधेस अभियान’लाई प्रभावकारी रूपमा अगाडि बढाउने, मधेसका जनताको हकहित, अधिकार, विकास र समृद्धिका सवाललाई प्राथमिकतामा राख्ने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ।
हुंकार मधेस अभियानका केन्द्रीय संयोजक रामकुमार शर्माले भेटघाट तथा छलफलका क्रममा उठेका विषयबारे जानकारी गराउँदै स्थानीय विकास र मधेसको समग्र हितका लागि यस्ता संवाद तथा भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर