Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

बाढीले बाराका हजारौं बिघा खेतीयोग्य जग्गा बगर मा परिणत

प्रतिक्षा खबर
२०७८ असार २६, शनिबार १०:२३

सरताज आलम,
आषाढ २६ गते,
बाढीले बाराका खेतीयोग्य जग्गा बर्सेनि बगाउँदै गरेको ले हजारौं बिघा जग्गा बगरमा परिणत भएको छ |
जीतपुरसिमरा उपमहानगरपालिका–१२ फक्तेपुरका ५० वर्षीय सन्तोष चौधरीको चार बिघा खेतमा बाढी पसेपछि यस वर्ष रोपाइँ गर्न पाएनन्। बाढीले खेत र बिउ सबै पुरेपछि उनलाई चिन्ताले सताएको छ। ‘खोला जताततै बगिरहेका छन ।, कसैको घर डुबेको छ त कसैको खेत डुबिरहेका छन । सबै बर्बादै भयो,’ चौधरीले भने, ‘पाँच वर्षअघि गहुँ, मकै, धान गरी तीन बाली राम्रो हुन्थ्यो। अहिले एक बाली पनि हुँदैन। एउटा खेत तीनपटक रोप्नुपर्छ। तै पनि बाढी पसेर पुरिदिन्छ।’ केही वर्षअघिसम्म करिब ४०० मन धान फलाउने चौधरी अहिले चामल किनेर खान्छन्। ‘पहिले वर्षमा तीन बाली सजिलै हुन्थ्यो,’ उनले भने, ‘बिघामा सय मन धान फल्थ्यो, अहिले सबै खोलाले बगाएर लग्याे ।सन्तोषजस्तै फतेपुरकी पुनम चौधरीको पनि एक बिघा खेत यस वर्ष खोलाले बगाएकाे छ। ‘बाढीले खेतमा बालुवा मात्रै छ, रोपाइँ कसरी गर्ने?’ उनले भनिन्, ‘यस वर्ष त बाढी घरसम्म आयो।’सन्तोष र पुनम चौधरीको जस्तै जीतपुरसिमराको वडा नम्ब १२, १८, १९ र २० का फत्तेपुर, सिमरी, पिपडिया, ईनर्वासिरा, मटरिया तथा कलैया उपमहानगर–२४ मा हजारौं बिघा खेतीयोग्य जग्गा बालगंगा खोलाको बाढी र कटानले बगरमा परिणत गरेको छ। फत्तेपुरका लक्ष्मीनारायण खाँ थारुले सरकारले खोलामा पक्की ड्याम लगाइदिए खेत जोगाउन सकिने बताउँछन्। ‘केही वर्षअघिसम्म यहाँ असाध्यै राम्रो खेती हुन्थ्यो। उब्जनी पनि हुन्थ्यो,’ उनले भने, ‘अहिले खोला पसेर बर्बाद पारेको छ। तै पनि हुन्छ कि भनेर हामी हरेक वर्ष रोपाइँ गर्छौं।’बालुवा, ढुंगा निकालिँदै आएको बालगंगा, पसाहा, दुधारौ, बकैया, धन्सारलगायत साना तथा ठूला खोलामा बर्सेनि आउने बाढीले जीतपुरसिमरा, कलैया, प्रसौनी र महागढीमाई नगरपालिकाको हजारौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत गर्दै आएको छ। राजस्व संकलनमा नाममा जथाभावी रुपमा बालुवा तथा ढुंगा निकाल्न खोलाको धार बर्सेनि परिवर्तन गर्दा कहिले बस्तीतर्फ त कहिले खेतीयोग्य जग्गामा नोक्सान पुरयाएको जीतपुरसिमरा–१२ का वडाध्यक्ष लालबाबु चौधरीले बताउँछन्। ‘हातमा लालपुर्जा छ, मालपोत पनि बुझाइरहेका छन्,’ उनले भने, ‘तर, खेती गरेर खान पाएका छैन्न। हामिले कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव सङ्ग कुरा गर्दा उब्जनीयुक्त जग्गामा बाढीले पुर्याएको नोक्सानबारे आफूलाई कुनै जानकारी नभएको बताए।‘बाढीले के कति नोक्सान भयो भन्न स्थानीय तहहरुले हामीलाई कुनै तथ्यांक दिएको छैनन् यादवले भने, ‘विगतका तथ्यांकहरु हेर्ने हो भने बारामा जीतपुरसिमरा, प्रसौनी, कलैया र महागढीमाई नगरपालिका धेरै नोक्सान पुरयाएको थियो, तर यसवर्षको तथ्यांक हामीसँग छैन भनेर उहाले भन्नु भयो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर