Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय

प्रतिक्षा खबर
२०७७ भाद्र १९, शुक्रबार २१:५१

जनकपुरधाम, १९ भदौ । प्रदेश सरकारले जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने भएकोे छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को शुक्रबार बसेको बैठकले कोभिड संक्रमितको उपचारको लागि छुट्टै अस्पतालको रुपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने कार्य तत्काल शुरु गर्नको लागि समितिले भनेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकोले तत्काल तयारी प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभयो ।
प्रदेशमा कोभिड विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएको छ । संक्रमितको व्यवस्थित तरिकाले उपचार गर्नको लागि तत्काल मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्न सबै तयारी अगाडी बढाउनको लागि उहाँले निर्देशन दिनुभएको हो । भएको जनशक्तिलाई व्यवस्थापन गर्दै थप जनशक्ति लोक सेवा आयोगको मार्पmत थप गर्ने प्रक्रिया अघि बढाउने जानकारी मुख्यमन्त्री राउतले दिनुभयो । हाल प्रदेशका कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल, जिल्ला अस्पतालहरुमा हुने गरेको छ । तर, त्यो दीर्घकालीन समाधान नरहेकोले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेको छ ।
कोभिड विशेष अस्पताल तयार गर्नको लागि आवश्यक श्रोतसाधन र जनशक्ती व्यवस्थापनको जिम्मा सम्बन्धित मन्त्रालयहरुलाई दिइएको छ ।
बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको थियो । रकमको आवश्यकक्ता महसुस गरेर १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।
कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्नको लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अव एक्सनमा आउनुपर्ने तर्क गर्नुभयो ।
विगतको निर्णयहरुलाई कार्यान्वयन गरेर अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो । समाजिक विकास मन्त्री नवल किशोर साहले विगतको निर्णयहरु तत्काल कार्यान्वनय गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै साता मात्रै सम्पन्न भएको महामारी नियन्त्रणका लागि चाल्नु पर्ने कदमहरु बारे संकलित सुझावहरु बैठकमा प्रस्तुत गरिएको थियो ।
मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले आठै जिल्लामा मुख्य रुपमा पीसीआर संचालन र त्यसको व्यवस्थापनको लागि सुझाव दिएको बताउनुभयो । वीरगंजमा थप पीसीआर र जनशक्तीको माग गरिएको छ भने अन्य जिल्लाहरुमा पीसीआरको व्यवस्थापन गर्न सुझाएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर