Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ठाकुर समूहको बठ्याइँ : बहुमत हस्ताक्षर जुटाउन नसकेपछि कोभिड संक्रमणको बहाना

प्रतिक्षा खबर
२०७८ जेष्ठ २६, बुधबार २०:४६

मधुसुधन भट्टराई |
काठमाडौंँ : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहले निर्वाचन आयोगले मागेअनुरुप केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित भएको हस्ताक्षर बुझाउन सकेन । त्यसपछि उसले सचिवालयका सबै कर्मचारीमा कोभिड-१९ संक्रमण भएको बहाना बनाएको देखिन्छ
समूहले आयोगलाई आइतबार पत्र लेख्दै पार्टीको केन्द्रीय सचिवालयका सबै कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएकाले ७ दिन म्याद थपिदिन आग्रह गरेको छ ।
आयोगका सचिव सुरेश अधिकारीले कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर बुझाउन एक साताको समय थप्न माग गर्दै आइतबार निवेदन दर्ता भएको जानकारी दिए ।
‘केन्द्रीय कार्यकारिणी समितिको माइन्यूट दिने सन्दर्भमा सचिवालयका कर्मचारीहरूमा कोभिड-१९ संक्रमण देखिएको हुनाले तत्काल दिन सकिएन, एक साताको म्याद थपिपाऊँ भनेर जसपाको महन्थ ठाकुर समूहले २३ जेठमा निवेदन दर्ता गराएको छ ।
जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने कि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी मोर्चालाई सहयोग गर्ने भन्नेमा विवाद भएपछि व्यवहारिक रूपमा फुटिसकेको छ । अब कानुनी रूपमा मात्रै फुट्न बाँकी छ ।
ठाकुर समूह ओलीलाई सहयोग गर्दै सरकारमा सामेल भइसकेको छ । भने यादव समूह विपक्षी गठबन्धनसँग असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै बदर गर्न माग गरेर सर्वोच्चमा रिट दायर गर्न पुगेको छ ।
यही विषयमा विवाद भएपछि ठाकुर र यादवले एकले अर्कालाई १८ जेठमा अनुशासनको कारबाही गरी निर्वाचन आयोगमा पार्टीको अभिलेखबाट हटाउन माग गर्दै निवेदन दिएका थिए । आयोगले १९ जेठमा दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारामसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । आयोगले पत्रमा ठाकुर समूहलाई केन्द्रीय कार्यसमिति बैठकमा ‘उपस्थित सदस्यहरूको माइन्यूटसमेत पठाउनू’ भनेको थियो ।
नियमावलीमा कार्यकारिणी समितिको बहुमतले कारबाही गर्न सक्ने व्यवस्था भएकाले आयोगले त्यो मागेको हो । यादव समूहले अर्को दिन २० जेठमै आयोगको पत्र अनुरुप जवाफ पठाएको थियो । ‘हामीलाई आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पठाउन भनेको थियो,’ यादवका प्रेस संयोजक महेश चौरासियाले भने, ‘हामीले त्योसहित कार्यकारिणी समितिको ८ र १७ जेठको बैठकका निर्णयको माइन्यूट, विधान, संशोधित विधान र निवेदन बिहीबार नै बुझाइसक्यौँ।
यादव समूहले बुझाएपछि आयोगले २३ जेठसम्म अनुसूची १८ अनुरुपको फाराम र केन्द्रीय कार्यकारिणी समिति बैठकको माइन्यूट पठाउन भनेको थियो । तर, ठाकुर समूहले सचिवालयका सबै कर्मचारीहरूलाई कोभिड संक्रमण देखिएको भन्दै एक साताको समय मागेको हो । यद्यपि त्यसै दिन पार्टी कार्यालयमा समूहका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई स्वागत गर्न कार्यक्रम राखिएको थियो । त्यसमा सचिवालयका सबै कर्मचारी उपस्थित थिए ।
समूहका एक कार्यकारिणी सदस्य भने अनुशासनको कारबाही गर्नलाई कार्यकारिणी समितिमा बहुमत सदस्यको हस्ताक्षर आवश्यक पर्ने तर, आफूहरूसँग त्यो संख्या नभएकाले कर्मचारीलाई कोभिड संक्रमण भएको बहाना गरिएको बताए । ‘आयोगको पत्र अनुसार कार्यकारिणी समितिमा बहुमत सदस्यको हस्ताक्षर हुनुपर्छ । हामीसँग बहुमत छैन । टार्न सक्ने उपयुक्त विकल्प त्यही देखेर पठाएका हौं । कर्मचारी साथीहरू त कार्यालयमै आइरहेका छन्,’ ती सदस्यले भने ।
आयोगका सचिव अधिकारीले ठाकुर समूहले मागेको एक साता समय कुर्ने सम्भावना कम रहेको बताए । ‘एक साताको समय मागेर निवेदन आएको भए पनि आयोगमा छलफल भइरहेको छ । एक दुई दिनमा निर्णय हुन्छ,’ सचिव अधिकारीले भने, ‘माइन्यूट नदिए पनि अरु तथ्य र प्रमाण हेरेर निर्णय हुन सक्छ ।’
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको सचिवालयलाई बुधबार बोर्ड बैठकमा जसपासम्बन्धी कागजात पेस गर्न भनिएको बताए । ‘हामीले सचिवालयलाई भोलि कानुन अनुरुप जसपासम्बन्धी कागजात पेस गर्न भनेका छौं । पेस भएपछि बोर्ड बैठकले निर्णय गर्छ, ढिला हुँदैन,’ प्रमुख आयुक्त थपलियाले इकागजसँग भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर