Advertisement
ताजा खबर
महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित

महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ

प्रतिक्षा खबर
२०८३ असार २२, सोमबार ००:२०

गोपाल झा ,महोत्तरी, असार २१ गते

महोत्तरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सक्रियतामा ४८७ किलोभन्दा बढी गाँजाको ठूलो खेप बरामद भएको छ । प्रारम्भिक रूपमा ट्रकबाट ४० किलोभन्दा बढी गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरिएको घटनाको अनुसन्धानलाई अगाडि बढाउँदै प्रहरीले अर्को स्थानबाट थप ४४६ किलोभन्दा बढी गाँजा फेला पारेपछि बरामद गाँजाको कुल परिमाण ४८७ किलो १०५ ग्राम पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–९ गण हेडक्वाटर महोत्तरीले विशेष सुराकीका आधारमा शनिबार बिहान करिब १ बजे एकडारा गाउँपालिका–१ भटौलिया क्षेत्रमा ना ३ ख ६५९२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रकमा खानतलासी गर्दा ४० किलो ३६० ग्राम गाँजा फेला परेपछि चालक मकवानपुर जिल्ला कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्युरेनीका २४ वर्षीय साधुराम थिङलाई नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरीले बरामद गाँजा, ट्रक तथा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूसँगको सोधपुछका क्रममा गाँजाको अर्को खेप महोत्तरी गाउँपालिका–४ रानी रतवडा क्षेत्रमा झारिएको सूचना प्राप्त गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेको नेतृत्वमा खटिएको टोलीले उक्त क्षेत्रमा खोजतलास गरेको थियो ।

अनुसन्धानका क्रममा स्थानीय सिया शरण पासवानको घरमा गाँजा लुकाएर राखिएको सूचना पाएपछि प्रहरीले जनप्रतिनिधिको रोहवरमा घरमा खानतलासी गरेको थियो । त्यसक्रममा खाटमुनि लुकाएर राखिएको अवस्थामा ४४६ किलो ७४५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरधनी सिया शरण पासवानकी श्रीमती लिलम देवी पासवान घरमा ताला लगाएर फरार रहेकी छन् । उनको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ट्रक चालकले प्रारम्भिक बयानमा उक्त गाँजा धनकुटाको भेडेटार क्षेत्रबाट ल्याइएको बताएका छन् । प्रहरीले गाँजा तस्करीमा संलग्न अन्य व्यक्ति, यसको गन्तव्य तथा संजालबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा, ट्रक तथा पक्राउ परेका दुवै व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ । जिल्लामा पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध ओसारपसार रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा निगरानी र सुरक्षा कारबाहीलाई थप प्रभावकारी बनाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर