Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

गिट्टी-बालुवा उत्खनन् गर्ने नीति सच्याउन प्रदेश २ का सांसदहरुको माग

प्रतिक्षा खबर
२०७८ जेष्ठ २४, सोमबार १९:४५

२४ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले गिट्टी-बालुवा उत्खनन् गरी भारत निकासी गर्ने संघीय सरकारको नीतिप्रति आपत्ति जनाएका छन् । यो नीतिले समग्र प्रदेश २ मा प्रतिकूल असर पर्ने उनीहरुको भनाइ छ ।
सोमबारदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरुले संघीय सरकारले चुरे विनाश गर्न ल्याएको नीति सच्याउनु पर्ने बताए ।
नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले चुरे विनाश गर्नका लागि ल्याइएको नीति सच्याउनुपर्ने बताए । चुरेको संरक्षण गर्नुपर्नेमा यसको विनाश गर्नका लागि कदम चाले आफूहरु उक्त विषयलाई जीवनमरणको सवाल बनाउने उनले बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले विनाश हुँदै गएको चुरेको संरक्षण गर्नुपर्नेमा विनाश गर्न खोजन अन्याय हुने बताए । ‘संघीय सरकारको यो नीतिले प्रदेश २ का जनतालाई विस्थापित हुने अवस्था आउँछ । र, जमिन मरुभूमि बन्छ,’ उनले भने ।
विज्ञहरुसँग छलफल गरेर यस्तो निर्णय लिनुपर्नेमा संघीय सरकारले व्यापार घाटा कम गर्ने भन्दै यस्तो नीति ल्याउनु ठीक नभएको उनले बताए ।
‘पहिला जनकपुरधाममै ५० देखि ६० फिटसम्म पानी आउँथ्यो, अहिले ५ सयदेखि ६ सय फिटसम्म पानी आइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा चुरेको संरक्षण गर्नुपथ्र्यो । तर, विनाश गर्न खोज्ने निर्णय फिर्ता हुनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले बालुवा, गिट्टी बेचेर व्यापार घाटा कम गर्ने संघीय सरकारको नीतिको आलोचना गरे । उनले चुरेसँग खेल्न खोजे यहाँको मानव जातिमा प्रतिकूल असर पर्ने बताए । ‘अन्न भण्डार हुने मधेशको सुरक्षा कबच नै चुरे हो,’ उनले भने, ‘यहाँको बालुवा, गिट्टी उत्खनन् गरिए मधेश झन् जोखिममा पर्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर