Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

वीरगन्जका पूर्वमेयर विजय सरावगीले छाडे एमाले

प्रतिक्षा खबर
२०८१ बैशाख २८, शुक्रबार १२:५८

वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगीले एमाले परित्याग गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै सरावगीले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
सक्रिय राजनीतिमा हैसियतअनुसारको भूमिका नपाएकाले राजीनामा दिएको उनको भनाइ छ । राजनीतिमा सक्रिया भन्दा पनि निष्क्रिय बनाउने काम भएको उनले पत्रमा उल्लेख गरेका छन् ।
तत्काल अन्य कुनै दलमा जाने योजना नरहेको सरावगीले बताए । करिब ८ महिना अघिदेखि नै आफूले एमाले छाड्न चाहेको उनले बताए । ‘पार्टीले हाम्रो क्षमतालाई प्रयोग गर्न सकेन । म त वीरगन्जको मेयर पनि भइसकेको व्यक्ति हुँ । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएको हुँ । हाम्रो कार्याअनुभवलाई पार्टीले चिन्न सकेन
राजनीतिभन्दा उद्योग/व्यवसायमै आफू सक्रिय हुने पनि उनले बताए । ‘हामीजस्ता थुप्रै व्यक्तिलाई पार्टीमा ल्याइन्छ तर कुनै भूमिका दिइन्न,’ उनले भने ।
२०७८ फागुनमा वीरगन्जको मेयर रहेकै बेला सरावगी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । । २०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा भने एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए । सिंहसँग उनी करिब २२ हजार मतको अन्तरले पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर