Advertisement
ताजा खबर
पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति

मधेश प्रदेशको अस्मितामाथि प्रहार भएको आरोप, जसपा नेपालको घोर आपत्ति

प्रतिक्षा खबर
२०८२ कार्तिक २४, सोमबार १३:२६

गोपाल झा

महोत्तरी, कात्तिक २४ गते

मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक तरिकाले मुख्यमन्त्री चयन गरिएको भन्दै जनता समाजवादी पार्टी जसपा नेपालले कडा आपत्ति जनाएको छ । पार्टीले उक्त घटनालाई प्रदेशको पहिचान, प्रतिष्ठा र आत्मसम्मानमाथिको प्रत्यक्ष प्रहारको रूपमा व्याख्या गरेको छ ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवका अनुसार स्वास्थ्य उपचारका लागि प्रदेशबाहिर निस्किएकी भनिएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान तथा कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटलको कोठामा गोप्य रूपले सरकार गठनको खेल खेलेकी आरोप छ ।

डाक्टर यादव “मुख्यमन्त्रीसँग बिहान ४ बजे उपचारका लागि विदा लिएर हिँडेकी प्रदेश प्रमुख केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा सपथ दिलाउनु नै घटनाको मूल शंकास्पद पक्ष हो । यसले मधेश प्रदेशको अस्मिता, सम्मान र संघीयताको चीरहरण गरेको भन्दै उनले कडा लहजामा प्रतिक्रिया दिएक हुन् ।

जसपा नेपालले यो कार्यलाई अत्यन्त घृणित, असंवैधानिक र लोकतान्त्रिक मूल्यविपरीत रहेको बताउँदै तत्काल प्रतिवाद गरेको छ ।

डा. यादवका अनुसार “प्रदेश बाहिर एक होटलमा कुनै एक दलको दबाब, प्रभाव र नियतअनुसार बनाइएको सरकार कदापि स्वीकार्य हुँदैन । संविधानको खिल्ली उडाउनेहरूले जनताको कठोर निर्णय भोग्नु पर्ने उनले चेतावनी दिए ।

जसपा नेपालले मधेश प्रदेशको पहिचान, सम्मान र संघीयताको रक्षा सबै लोकतान्त्रिक शक्तिहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संविधान र संघीय मूल्य जोगाउने अभियानमा एकजुट हुन आह्वान समेत गरेको छ ।

पार्टीले मधेशवासीका अधिकार, स्वाभिमान र संविधानको मूल मर्ममा चोट पुर्‍याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै देशभरका लोकतान्त्रिक शक्तिहरूलाई संवैधानिकता र राजनीतिक नैतिकताको पक्षमा उभिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर