Advertisement
ताजा खबर
भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश जिल्ला सभापति शुभम् कुमार यादव र डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश कार्यक्रम चल्दै

☰

जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन

प्रतिक्षा खबर
२०८३ कार्तिक २७, शुक्रबार १२:३८

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित पिडारी चोकमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार टिपरको ठक्करबाट मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनापछि आक्रोशित स्थानीयवासी तथा मृतकका आफन्तहरू सडकमा उत्रिएका छन्।
युवकको मृत्यु भएपछि पिडारी चोक क्षेत्र तनावग्रस्त बनेको छ। घटनाको विरोध गर्दै स्थानीयवासीले न्यायको मागसहित प्रदर्शन गरेका छन्। उनीहरूले दुर्घटनामा संलग्न टिपर चालकलाई कानुनी कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
प्रदर्शनका कारण पिडारी चोक क्षेत्रमा यातायात आवागमनसमेत प्रभावित भएको छ। घटनापछि सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाउनुपर्ने अवस्था देखिएको छ।
यस दुर्घटनाले जनकपुरधाम क्षेत्रमा टिपर तथा अन्य सवारीसाधनको तीव्र गति र सडक सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतकको पूरा नाम, दुर्घटनाको विस्तृत विवरण तथा टिपर चालकको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर