Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित

प्रतिक्षा खबर
२०८२ मंसिर ५, शुक्रबार ०५:२०

नारेन्द्र महताे

सम्सी, महोत्तरी — पछिल्ला दिनहरूमा गाइ तस्करी झन् बढ्दै गएपछि सम्सीका स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। विभिन्न सञ्चारमाध्यममा गाइ तस्करीसँग सम्बन्धित भिडियो र फोटोहरू सार्वजनिक भए पनि त्यसले नियन्त्रणभन्दा उल्टै तस्करीका घटना थप वृद्धि भएको स्थानीयको आरोप छ।
रातिको कैयौँ ‘सेसन’मा गाइ भारततिर तस्करी

स्थानीयले जनाएअनुसार सोमबार राति मात्र दुई सत्रभन्दा बढी गाइ सिमानाबाट भारत तर्फ लगिने छ। उनीहरूको भनाइमा, तस्करहरू राति १० बजेपछि सक्रिय हुँदै समूहमा गाइहरू सिमानाबाट पार गराउँछन।

पहाड–गौशाला–कट्ठुधार हुँदै सम्सीसम्म ‘फ्री मूभमेन्ट’

स्थानीयका अनुसार गाइहरू बिहानैदेखि मिनि–भ्यान तथा साना गाडीमा पहाड → गौशाला → कट्ठुधार → सम्सी मार्ग हुँदै बिना रोकतोक ल्याइन्छ र सिमानासम्म पुर्‍याइन्छ। यस क्रममा कुनै चेकजाँच नहुने स्थानीयहरूको गुनासो छ।

“उपभोक्ताको झोला जाँच हुन्छ, गाइ किन जाँच हुँदैन?”
सिमामा खटिएका सुरक्षा निकायको भूमिकाप्रति पनि स्थानीयले प्रश्न उठाएका छन्। एक स्थानीयवासीले भने —
“उपभोक्ताको झोला खोलेर चेक हुन्छ, तर सयौँ गाइ तस्करी हुँदा कसैले रोक्दैन। सशस्त्र क्याम्प किन राखिएको हो?”

“नियन्त्रण नहुनु उच्च तहसम्मको मिलेमतोको संकेत”
स्थानियको गम्भीर आरोप छ कि गाइ तस्करीको समस्या नियन्त्रण नहुनुमा सुरक्षा निकायको माथिल्लो तहसम्मको मिलेमतो हुनसक्छ। उनले थपे—

“यदि तस्करी रोक्ने इच्छा भए आजै राति १० बजे गाइ कहाँ–कहाँबाट पास हुन्छ भन्ने हामीले नै जानकारी दिएका छौँ, तर कारबाही हुँदैन।”
“यदि नियन्त्रण गर्नै नसकिने हो भने डिएसपी र इन्स्पेक्टर किन?”
स्थानीयहरू भन्छन्—

“गाइ तस्करी रोक्न सकिँदैन भने किन सशस्त्रका डिएसपी, इन्स्पेक्टर जस्ता अधिकारी चाहिन्छ? स्थानियलाई मात्र चेक गर्ने, तर तस्करलाई छाडिदिने काम बन्द हुनुपर्छ।”
स्थानीयको माग

सिमामा कडा चेकपोष्ट सञ्चालन
तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाही
सुरक्षा निकायको जवाफदेहिता सुनिश्चित
राति सशस्त्र गस्ती बढाउने
स्थानीयले चेतावनी दिएका छन् कि यथाशीघ्र प्रभावकारी कदम नचालिए सामुदायिक विरोध कार्यक्रम समेत गर्न बाध्य हुनेछन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर