Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बङ्गलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे अस्ट्रेलियाली संसद्‌मा उठाइयो प्रश्न

प्रतिक्षा खबर
२०८१ श्रावण ३१, बिहीबार ०१:५२

क्यानबेरा । बङ्गलादेशमा हिन्दुहरूमाथि भइरहेको आक्रमणबारे हालैका दिनमा कयौँ देशहरूमा हङ्गामा मच्चिएको छ । यसैबिच अस्ट्रेलियाको संसद्‌मा पनि यो मुद्दा उठाइएको छ ।

त्यहाँका सांसद जुलियन लिजरले बङ्गलादेशको अवस्था र हिन्दुलगायत अन्य अल्पसङ्ख्यकमाथि भएको आक्रमणको मुद्दा उठाएका छन् । सो आक्रमणलाई उनले मानवीय विनाशको संज्ञा दिएका छन् ।

‘बङ्गलादेशी हिन्दुहरूले हिंसात्मक उत्पीडनको सामना गर्नु परिरहेको छ’ उनले भनेका छन् । ‘बङ्गलादेशमा कानुन र व्यवस्था लगातार बिग्रँदै गइरहेको छ । विभिन्न धर्मका मानिसबिचको आपसी सम्मान घट्दै गइरहेको छ’ लिजरले भनेका छन् ।

मानिसहरूको आ–आफ्नै फरक राजनीतिक विचारधाराहरू भएकोले यस्तो भइरहेको पनि उनले बताए ।  उनका अनुसार ‘बङ्गलादेशमा हिन्दुहरूले बढ्दो हिंसात्मक उत्पीडनको सामना गरिरहेका छन् । पछिल्ला दिनमा यस्ता घटना बढ्दै गएका छन् । हिंस्रक भीडले हिन्दुहरूको घर, मन्दिर र कार्यस्थललाई निशाना बनाइरहेका छन् ।’

हत्या, लुटपाट र आगजनीको डरले हिन्दु परिवार घर छाडेर भागिरहेका छन् । यी आक्रमणमा हिन्दु मारिएको खबर आइरहेको चिन्ता पनि उनले व्यक्ति गरेका थिए । बङ्गलादेशी हिन्दुहरूको पीडालाई बेवास्ता गर्न नसकिनेमा उनले जोड दिएका छन् ।

बङ्गलादेशमा शेख हसिनाको सरकार ढलेपछि अल्पसङ्ख्यकमाथि एकपछि अर्को गर्दै हिंसाका खबरहरू आइरहेका छन् । सोमबार अन्तरिम सरकारका गृह मामिला सल्लाहकार सखावत हुसेनले अल्पसङ्ख्यकहरूसँग हातै जोडेर माफी मागेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर