Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

इमरान खानलाई पक्रन गएको प्रहरी र समर्थकबीच झडप

प्रतिक्षा खबर
२०७९ फाल्गुन ३०, मंगलवार २०:१६

३० फागुन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ ।
पक्राउपूर्जीसहित प्रहरी लाहोरस्थित खान निवास पुगेपछि समर्थक र प्रहरीबीच झडप भएको हो।
इस्लामावाद प्रहरीका वरिष्ठ अधिकारी सयद सेहजाद नदिम बुखारीका अनुसार खानलाई गिरफ्तार गर्ने प्रहरीको तयारी छ। ‘प्रहरी गिरफ्तार पत्र सहित खान निवास नजिक छ,’ उनको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ।
खानको गिरफ्तारीमा समर्थकहरूले अवरोध खडा गरेपछि प्रहरीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेको छ । भ्रष्टाचार र आतंकवाद सम्बन्धी मुद्दामा उनलाई गिरफ्तार गर्न लागिएको प्रहरीले बताएको छ। खानमाथि महिला न्यायाधीशलाई धम्की दिएको र राज्यका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोग पनि छ ।
गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्युत भएपछि आम चुनावको माग गर्दै आएका थिए ।
यसकै प्रतिशोधका लागि आफूलाई गिरफ्तार गर्न लागेको खानको जिकिर छ। गिरफ्तारको सुईँको पाएपछि खानले आफ्ना समर्थकलाई ट्वीटरमार्फत भिडियो सन्देश दिएका थिए । उनले समर्थकलाई भनेका छन्, ‘आफ्नो हक र स्वतन्त्रताका लागि लड्न नछोड्नु, प्रतिशोधपूर्ण गिरफ्तारीको सशक्त प्रतिवाद गर्नु।
खानले आम चुनावको माग गरे पनि पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरिफले चुनाव गर्न अस्वीकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर