Advertisement
ताजा खबर
भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश जिल्ला सभापति शुभम् कुमार यादव र डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश कार्यक्रम चल्दै

☰

भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने

प्रतिक्षा खबर
२०८३ कार्तिक २७, शुक्रबार १९:२५

हेटौँडा। मकवानपुरको भीमफेदीमा भएको ईभी दुर्घटनामा परी ज्यान गुमाएका १३ जनाको शव आज आफन्तले बुझेका छन्। प्रशासनले पीडित पक्षका माग सम्बोधनका लागि सात दिनभित्र पहल गर्ने सहमति जनाएपछि पोस्टमार्टम प्रक्रिया पूरा गरी शव आफन्तलाई हस्तान्तरण गरिएको हो।
शव बुझेसँगै आफन्तहरूले मृतकहरूको शव आजै सर्लाहीस्थित आफ्नो गाउँ पुर्‍याएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने तयारी गरेका छन्।
दुर्घटनामा एकै परिवारका ६ जनासहित कुल १४ जनाले ज्यान गुमाएका थिए। एकै परिवारका धेरै सदस्य गुमाउनुपर्दा परिवारजनमाथि ठूलो बज्रपात परेको छ भने यस घटनाले सिंगो गाउँलाई शोकमा डुबाएको छ।

दुर्घटनापछि पीडित परिवार तथा आफन्तले विभिन्न माग राख्दै शव बुझ्नुअघि प्रशासनसँग छलफल गरेका थिए। प्रशासनले उनीहरूका माग सम्बोधनका लागि सात दिनभित्र आवश्यक पहल गर्ने सहमति जनाएपछि शव बुझ्ने वातावरण बनेको हो।
एकै दुर्घटनामा ठूलो संख्यामा नागरिकको ज्यान गएपछि स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा आफन्त, छरछिमेकी तथा स्थानीयवासीले समवेदना व्यक्त गरिरहेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर