महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि आयोजना हुने भएको छ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू र विभिन्न पालिकाका अध्यक्षहरूलाई सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
त्यसैगरी, जिल्ला समितिका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित भई शपथ ग्रहण कार्यक्रममा सहभागी हुन जिल्ला समितिले आग्रह गरेको छ।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा पदाधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमसम्बन्धी जानकारी दिँदै जसपा नेपाल महोत्तरीका जिल्ला अध्यक्ष रामनरेश यादवले केन्द्रीय, प्रदेश तथा पालिका तहका सम्पूर्ण नेताहरूलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन्। साथै जिल्ला समितिका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेका छन्।







