Advertisement
ताजा खबर
छठको आस्थासँगै स्वास्थ्य सुरक्षामा चासो, छवटै वडाका घाटमा पुगे स्वास्थ्य संयोजक मण्डल र सिअनमी बबिता मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय

☰

छठको आस्थासँगै स्वास्थ्य सुरक्षामा चासो, छवटै वडाका घाटमा पुगे स्वास्थ्य संयोजक मण्डल र सिअनमी बबिता

प्रतिक्षा खबर
२०८३ कार्तिक ३०, सोमबार १२:२०

महोत्तरी , गोपाल झा , कार्तीक ३० गते ।

लोकआस्थाको महापर्व छठको अवसरमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र मण्डल र सि.अ.न.मी. बबिता कुमारीले गाउँपालिकाका विभिन्न वडामा रहेका छठ घाटहरूको स्थलगत अवलोकन तथा अनुगमन गर्नुभएको छ ।

छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न हजारौँ व्रतालु तथा श्रद्धालु भक्तजन विभिन्न पोखरी, नदी तथा जलाशयमा भेला भएका बेला स्वास्थ्य संयोजक मण्डल र सि.अ.न.मी. बबिता कुमारीले गाउँपालिकाका छवटै वडामा रहेका विभिन्न छठ घाट पुगेर पूजाको तयारी, घाट व्यवस्थापन तथा व्रतालुहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा उहाँहरूले छठ पूजाका लागि स्थानीयवासीले गरेको व्यवस्थापन, घाटको सरसफाइ, व्रतालु तथा श्रद्धालु भक्तजनको चहलपहल र सम्भावित स्वास्थ्य जोखिमका विषयमा जानकारी लिनुभएको थियो । साथै, विभिन्न घाटमा उपस्थित व्रतालु महिला तथा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो ।         चार दिनसम्म कठोर नियम, निष्ठा र उपवाससहित मनाइने छठ पर्वमा व्रतालुहरूले लामो समयसम्म निराहार तथा निर्जला व्रत बस्ने परम्परा रहेकाले स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्य संयोजक मण्डलले बताउनुभयो । उहाँले व्रतका क्रममा अत्यधिक कमजोरी, चक्कर लाग्ने, शरीरमा पानीको कमी हुने तथा रक्तचापसम्बन्धी समस्या देखिन सक्ने भएकाले आफ्नो शारीरिक अवस्थाप्रति सचेत रहनसबैमा आग्रह गर्नुभयो ।

विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती तथा नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरूले व्रत बस्नुअघि स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । व्रत समापनपछि पनि एकैपटक धेरै खाने वा अत्यधिक शारीरिक परिश्रम गर्नेभन्दा क्रमशः सामान्य खानपानमा फर्किनु उपयुक्त हुने उहाँले सुझाव दिनुभयो ।

त्यसैगरी, छठ घाटमा हुने अत्यधिक भीडभाड, पोखरी तथा जलाशयमा डुब्ने जोखिम, चिप्लो सतह र दूषित पानीबाट हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै घाटको सरसफाइ, सुरक्षित आवतजावत र आवश्यक सतर्कता अपनाउन उहाँहरूले स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

संयोजक मण्डलले छठ पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई मिथिलाञ्चलसहित समग्र तराई–मधेशको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको महत्वपूर्ण प्रतीक रहेको बताउनुभयो । सूर्यदेव र प्रकृतिप्रति श्रद्धा प्रकट गर्दै मनाइने यस पर्वले समाजमा आपसी सद्भाव, भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने उहाँको भनाइ थियो ।              उहाँहरूले छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्दै चार दिनसम्म कठोर उपवास बसेका सम्पूर्ण व्रतालुहरूको स्वास्थ्य राम्रो रहोस् भन्ने कामनासमेत गर्नुभयो ।

संयोजक महेन्द्र मण्डल र सि.अ.न.मी. बबितालेको यस स्थलगत अनुगमनले धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा समुदायको स्वास्थ्य अवस्था बुझ्ने, सम्भावित जोखिमप्रति सचेतना फैलाउने र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने प्रयासका रूपमा हेरिएको छ ।

छठ पर्वको धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै स्वस्थ, स्वच्छ र सुरक्षित वातावरणमा पर्व मनाउनु सबैको साझा जिम्मेवारी रहेको सन्देशसमेत यस अनुगमनले दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर