Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

संचार क्षेत्रको बिकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७७ माघ ३, शनिबार १९:३७

सप्तरी , ३ माघ । मुख्यमन्त्री लालबाबु राउतले संचार क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको दशौ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उहाले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले देशमा संकट आउदा पत्रकारहरुले खेलेको भुमिका महत्वोपुर्ण हुने गरेको बताए । कुनैपनि अधिकार प्राप्तिको आन्दोलन होस वा देशलाई संकट पर्दा पत्रकारले गरेको योगदान महत्वोपुर्ण रहेको छ, मुख्यमन्त्री राउतले भने, संचार क्षेत्रको बिकास बिना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न सकिदैन । मुख्यमन्त्री राउतले प्रदेश सरकारले संचार क्षेत्रको बिकासका लागि छिट्टै संचार प्रधिकरण र मिडिया काउन्सिल गठन गर्न लागेको बताए । प्रदेश सरकार संचार क्षेत्र र पत्रकारको समस्य प्रती गम्भीर रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री राउतले संचार क्षेत्रको बिकास र पत्रकारहरुको तमाम समस्य समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाहा गर्न आग्रह गरे । मुख्यमन्त्री राउतले संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपति बिधा भण्डारी प्रतिनिधि सभा विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे । संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलिले देशलाई प्रतिगमन तिर लगेको भन्दै ओलि सरकारको तानाशाही संबैधानिक कु विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
सामाजिक बिकास मन्त्री नवल किशोर साहले देशमा परिबर्तन ल्याउन पत्रकारको ठूलो योगदान रहेको बताए । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले देशको बिकास र राजनीति परिवर्तनमा सप्तरीको पत्रकारहरुको भुमिका अबिस्वास्निय रहेको बताए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित साधारणसभामा राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सभा सदस्य मनिस सुमन सहितका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर