Advertisement
ताजा खबर
राप्रपाका दोस्रो पुस्ताका नेताहरू मधेस यात्रामा, मंसिर २ गते धनुषा र महोत्तरीमा कार्यक्रम धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुषको हत्या, अनुसन्धानका लागि एक जना पक्राउ छठको आस्थासँगै स्वास्थ्य सुरक्षामा चासो, छवटै वडाका घाटमा पुगे स्वास्थ्य संयोजक मण्डल र सिअनमी बबिता मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा

☰

राप्रपाका दोस्रो पुस्ताका नेताहरू मधेस यात्रामा, मंसिर २ गते धनुषा र महोत्तरीमा कार्यक्रम

प्रतिक्षा खबर
२०८३ कार्तिक ३०, सोमबार १७:४१

महाेत्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीका दोस्रो पुस्ताका नेताहरू मधेस प्रदेशका आठवटै जिल्लामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम लिएर मधेस यात्रामा निस्कने भएका छन्।
राप्रपा सांसद कुश्बु ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार पार्टीको नयाँ सोच, ऊर्जा र राजनीतिक दृष्टिकोणसहित नेताहरूले मधेसका विभिन्न जिल्लामा स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकसँग भेटघाट र छलफल गर्नेछन्।
यात्राको मुख्य उद्देश्य पार्टीको भावी राजनीतिक दिशा तय गर्ने, संगठनलाई थप सुदृढ बनाउने तथा नयाँ राजनीतिक सम्भावनाबारे विचार आदानप्रदान गर्ने रहेको सांसद ओलीले बताएकी छन्।
उनले नेपालको समकालीन राजनीति विश्वास र नेतृत्वको संकटबाट गुज्रिरहेको उल्लेख गर्दै विभिन्न राजनीतिक दल तथा नेतृत्वप्रति नागरिकको भरोसा कमजोर हुँदै गएको बताएकी छन्। यस्तो अवस्थामा विश्वासयोग्य राजनीतिक शक्ति र सुदृढ संस्थागत राजनीतिक संस्कार निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ।
राप्रपाले हिन्दुराष्ट्रको पुनर्स्थापना, राष्ट्रिय पहिचानको संरक्षण, सुशासन, आर्थिक विकास र राजनीतिक स्थिरतालाई आफ्नो राजनीतिक अभियानको मुख्य आधार बनाएको उनले उल्लेख गरेकी छन्।
मधेस यात्राअन्तर्गत मंसिर १ गते सप्तरी र सिरहा, मंसिर २ गते धनुषा र महोत्तरी, मंसिर ३ गते सर्लाही र रौतहट तथा मंसिर ४ गते बारा र पर्सामा कार्यक्रम सञ्चालन गरिनेछ।
आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना हुँदैछ। महाधिवेशनको पूर्वतयारी तथा संगठनात्मक गतिविधिलाई तीव्रता दिने उद्देश्यले मधेस यात्रा गर्न लागिएको हो।
यसैबीच, पार्टीबाहिर रहेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई समेत भेटघाट र अन्तरक्रियामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ। नयाँ पुस्ताको नेतृत्वमा पार्टीको नयाँ राजनीतिक अध्याय निर्माण गर्ने अभियानमा मधेसका नागरिकलाई सहभागी हुन सांसद ओलीले आग्रह गरेकी छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर