Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

विश्रामपुरमा जारी फुटलबल प्रतियोगिताका पहिलो सेमिफाइनलमा पुग्यो विश्रामपुर ‘बी’ टिम, मरधर २ गोलले पराजित

प्रतिक्षा खबर
२०७८ आश्विन १८, सोमबार १९:२८

रेडियो स्वागतम
महेन्द्रनगर, असोज १८
विजया दशमी २०७८ को अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा जारी मैत्रीपूर्ण फुटलबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आयोजक विश्रामपुर ‘बी’ टिम र मरधर मगर टोलको टिमबीच प्रतिस्पर्धा भएको छ । सो खेलमा विश्रामपुर ‘बी’ टिमले मरधरको मगर टोल टिमलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरेको छ ।
खेलमा विश्रामपुर ‘बी’ टिमका लागि जर्सी नं. ८ का खेलाडी विकास मगर र जर्सी नं. ६ का खेलाडी प्रसिष्ट मगरले एक/एक गोल गरेका थिए । यो जितसँगै अब विश्रामपुर ‘बी’ टिम पहिलो सेमिफाइनलमा पुगेको छ । सोमबारको खेलमा योगेन्द्र यादवले एम्पायर तथा हेम बलम्पाकी र रोमन पण्डितले लाइन्सम्यानको रुपमा खेलाएका छन् ।
यता अब असोज २० गते हुने पहिलो सेमिफाइनल खेलमा विश्रामपुर ‘बी’ टिम मधुवासा टिमसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै धारापानी स्कुल टोलको टिम दोस्रो सेमिफाइनलमा मंगलबार हुने खेलको विजेता टिमसँग असोज २१ गते प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत असोज १९ गते मंगलबार (भोली) हुने खेलमा बटेश्वर र विश्रामपुर ‘ए’ टिम प्रतिस्पर्धा गर्ने आयोजक विश्रामपुर युवा क्लवका अध्यक्ष दिलबहादुर मगरले जानकारी दिएका छन् । प्रतियोगिताका फाइनल खेल असोज २३ गते हुनेछ । सो प्रतियोगितामा जम्मा ८ वटा फुटबल टिमको सहभागिता रहेको आयोजक विश्रामपुर युथ क्लवले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर