Advertisement
ताजा खबर
जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित

फेरि संसद् भंग गर्ने प्रधानमन्त्रीको सोच होला : माधव नेपाल

प्रतिक्षा खबर
२०८१ पुष २६, शुक्रबार १८:५२

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइको पछाडि पुनः संसद् भंग गर्ने चाहना लुकेको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेपालले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिभित्र संसद् भंग गर्ने चाहना लुकेको हुन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन ०८७ मा मात्र हुन्छ भनेर दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले अध्यक्ष नेपालको धारणा मागेका थिए ।

‘२०८७ सम्म बस्ने उहाँ (प्रधानमन्त्री ओली)को चाहना होला । चुनावै नगरी बस्ने हो कि ? विगतमा पनि संसद् भंग गरेको मान्छे, फेरि संसद् भंग गरेर ठेलेको ठेल्यै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन,’ उनले भने ।

उनले मुलुक संचालनमा अप्ठेरो परेको भए र जनतालाई हित पुर्‍याउनुपर्ने भए संविधान संशोधनमा जानुपर्ने पनि बताए । ‘हाम्रो मुलुक संचालनको कामलाई मद्यत गर्छ भने जनताको हितमा छ भने संशोधन जानुपर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर