Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

प्रतिक्षा खबर
२०८१ श्रावण १९, शनिबार २१:०५

भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा पवित्र ठाउँ भएको बताएका छन् । ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौँ आइपुगेका अनिरुद्धाचार्यजी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसँग जोडिएको बताएका हुन् ।

उनले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए । सबै मानव जाति एक भएको उल्लेख गर्दै जातका आधारमा भेदभाव र छुवाछुत गर्न नहुने बताए । उनले नेपालमा पछिल्लो समय धर्म परिवर्तनका घटना धेरै बढ्दै गएको समेत दाबी गरे । यसरी धर्म परिवर्तन गर्दै लगे नेपाल हिन्दु राष्ट्र नरहने बताए ।

उनले नेपाल र भारतका केही जनता आफ्नो देशमा बसेर अन्य देशको प्रशंसामा बढी समय खर्चिरहेको बताए । जुन माटोमा हामी बस्छौं त्यो माटो माथि विश्वासघात गर्न नहुने उनको सुझाव थियो ।

उनले नेपालको सबैभन्दा नजिकको मित्र भारत रहेको बताउँदै नेपाल  र  भारतबिचको सम्बन्ध सधैँ असल रहने बताए । भारतका कारण नेपालको  अर्थतन्त्र मजबुत हुँदै आएको दाबी गरे ।

उनले चीन(चिनियाँ नागरिक) नेपालमा आए कहिले पनि पशुपति र गण्डकीको दर्शन नगर्ने  पनि बताए । उनले नेपालको धर्मसँग चीनको केही सम्बन्ध नरहेको जिकिर गरे ।

मानव सेवा फाउन्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भाग लिन र पशुपतिको दर्शनका लागि शनिबार नै उनी नेपाल आएका हुन् । उनी शनिबार नै फर्किने तालिका छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर