Advertisement
ताजा खबर
सोनमा–५ खैरबनीमा अज्ञात युवकको शव फेला राप्रपाका दोस्रो पुस्ताका नेताहरू मधेस यात्रामा, मंसिर २ गते धनुषा र महोत्तरीमा कार्यक्रम धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुषको हत्या, अनुसन्धानका लागि एक जना पक्राउ छठको आस्थासँगै स्वास्थ्य सुरक्षामा चासो, छवटै वडाका घाटमा पुगे स्वास्थ्य संयोजक मण्डल र सिअनमी बबिता मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन

☰

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले गरे जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार २१:१८

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कोरोना महामारीमा सर्वसाधारणलाई उपचार गराउन कठिन भइरहेको बेला स्कुल अफ डेमोक्रेसीको कोभिड–१९ क्विक रेस्पोन्स टीमले शनिबार जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका–१ मुसहरी टोलमा सञ्चालन गरिएको शिविरमा १४७ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएको स्कुल अफ डेमोक्रेसीका सदस्य राकेश विक्रम साहले जानकारी दिए।
कोरोना महामारीका कारण सामान्य बिरामीहरूले समेत अस्पतालमा उपचार पाउन कठिनाइको सामना गर्नु परेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको साहले बताए। मुसहरीमा अधिकांश दलित समुदायको बसोबास रहेकोले उनीहरूलाई लक्षित गरेर शिविर सञ्चालन भएको उनको भनाइ छ।
शिविरमा स्वास्थ्य परीक्षण गराउन आएकाहरूलाई निःशुल्क औषधि, प्याथोलोजि जाँच तथा चिकित्सकीय परामर्श दिइएको स्कुल अफ डेमोक्रेसीका अर्का सदस्य दीपक ठाकुरले जानकारी दिए।
शिविरमा डा. शरद यादव, डा. विपिन यादव, डा. अभिजित साह, डा. सज्जन ठाकुर, डा. मनिषा भारद्वाज, डा. विकासकुमार साह, डा. सन्तोष साह, डा. विजयकुमार साह,डा अमित मिश्र,डा शशिभुशन ठाकुर लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका छन्।
कोरोना महामारीमा सर्वसाधारणलाई सहयोग गर्न स्कुल अफ डेमोक्रेसीको क्विक रेस्पोन्स टीमले सर्वसाधारणलाई एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै समस्या परेकोबेला निःशुल्क परामर्श, उपचार गराउँदै आइरहेको छ।
स्कुल अफ डेमोक्रेसीलाई कोभिड संकटमा सर्वसाधारणलाई सहयोग गर्न नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले ५० हजार नगद सहयोग गरेका छन्। यसैगरी जनकपुरस्थित लायन्स क्लबले मास्क, सेनिटाइजर, पिपिईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ।
आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानद्वारा रक्तदान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले सञ्चालन गरेको आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानले रक्तदान कार्यक्रम गरेको छ।
रेडक्रस धनुषामा देखिएको रगत अभावलाई मध्यनजर गरी वडाध्यक्ष जानकीराम साहको पहलमा सञ्चालन भएको अभियानले रक्तदान कार्यक्रम गरेको हो। कोरोना महामारीबीच आवश्यक्ता परेको बिरामीलाई रगत अभाव हुननदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष साहले बताए।
कार्यक्रममा महिला तथा पुरुष गरी ५० भन्दा बढी स्थानीयले रक्तदान गरेको उनले बताए। अभियानअन्तर्गत साताको दुईदिन शुक्रबार र शनिबार निःशुल्क स्वास्थ्य जाँचसमेत भइरहेको वडाध्यक्ष साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर