Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

संघीय लोकतान्त्रिक मोर्चा सिट बाँडफाँटमा केन्द्रित, केही दल छुट्टै आन्दोलनमा

प्रतिक्षा खबर
२०८२ मंसिर १०, बुधबार १८:२०
२०८१ असारमा कांग्रेस-एमालेको सत्ता गठबन्धन बनेपछि संविधान संशोधनको एजेण्डा फेरि तातेको थियो । किनकि उनीहरुले सरकारमा सहकार्यका लागि गरेको सम्झौताको मुख्य बुँदा नै संविधान संशोधनको थियो । संविधान संशोधनमा दबाब दिने उद्देश्यले मधेस केन्द्रित सात दलले संघीय लोकतान्त्रिक मोर्चा बनाए । तर संघर्षका लागि गठन भएको मोर्चा अहिले चुनावका लागि सिट बाँडफाँटमा केन्द्रित बनेको छ ।

कांग्रेस-एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्डको प्रतिशत बढाउने, देशलाई दुई दलीय प्रणालीमा लैजाने, समानुपातिक प्रणाली हटाउनेजस्ता प्रावधान राख्ने भन्ने चर्चा त्यसबेला भएको थियो । मोर्चाले त्यसको विरोध गरेको थियो ।

संघीय लोकतन्त्रको रक्षा गर्दै संविधान संशोधनका लागि दबाब दिन जसपा नेपाल, लोसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, तमलोपा, जनमत पार्टी, जनता प्रगतिशील पार्टी र नागरिक उन्मुक्ति पार्टी मिलेर संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका थिए । संविधान संशोधन तथा प्राप्त उपलब्धिलाई रक्षाका लागि लोकतान्त्रिक मोर्चाले काठमाडौँदेखि विभिन्न प्रदेशमा जनसभा आयोजना गरेको थियो ।

जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिमा मोर्चा अहिले फागुन २१ गतेलाई घोषणा भएको चुनाव केन्द्रित भएको छ । संविधान संशोधनको मुद्दा छाडेर मोर्चामा रहेका दलहरु चुनावमा तालमेल गर्ने, एउटै चुनाव चिह्नमा लड्ने, पार्टी एकता गर्नेसम्मका गतिविधिमा सक्रिय हुन थालेका छन् । उनीहरुको उद्देश्य एकसाथ चुनाव लडेर सांसद बन्ने दाउमा केन्द्रित भएको छ भन्नु दुईमत नहोला ।

मोर्चा चुनावमा केन्द्रित भएको छ, उता सोही मोर्चामा आवद्ध दल छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरिरहेका छन् । लोकतान्त्रिक मोर्चामा सहभागी दल जसपा नेपाल र जनमत पार्टीले आन्दोलन घोषणा गरेका हुन् । जसपा नेपालले २८ बुँदे माग राखेर बुधबारदेखि पुस १७ गतेसम्मका लागि विभिन्न कार्यक्रम तय गरेको छ । बुधबार उसले प्रमुख जिल्ला अधिकारीहरुमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीले मंसिर ८ गते (सोमबार) विभिन्न माग राख्दै प्रधानमन्त्री कार्कीलाई १२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो । राष्ट्रिय मुक्ति पार्टी नेपाल पनि आन्दोलनको तयारीमा छ ।

जसपा नेपालका महासचिव रामकुमार शर्मा मोर्चाको सबै दल आन्दोलनको मनस्थितिमा पुगिसकेको भएपनि केही दलले छुट्टाछुट्टै सुरु गरेको बताए । ‘बिस्तारै बिस्तारै सबै दल आन्दोलनमै आउँछन् । मोर्चाले नै आन्दोलनको नेतृत्व गर्नेछ, अहिले हामीले आन्दोलनको आन्तरिक तयारी गरेका हौं,’ उनी भन्छन् ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहता मोर्चाबाटै आन्दोलनको नेतृत्व हुनुपर्ने बताउँछन् । ‘मोर्चाका पनि केही आचारसंहिता छन् । दललाई जे मन लाग्यो त्यही गर्न पाउँदैन, त्यसो भए केका लागि चाहियो मोर्चा ?’ उनी प्रश्न गर्छन् । मोर्चामा बस्ने तर आफूखुसी चल्ने गर्दा समस्या हुनसक्ने उनी बताउँछन् ।

जसपा नेपाल र जनमत पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुअघि मोर्चामा सल्लाह गरेको भए राम्रो हुने उनको भनाइ छ । ‘प्रस्ताव ल्याउँदा हुन्थ्यो । एक्लाएक्लै आन्दोलनमा जाँदा यसले राम्रो सन्देश दिएको छैन,’ मेहता भन्छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर