Advertisement
ताजा खबर
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मतमा रोक्ने दाउमा कांग्रेस–एमाले

प्रतिक्षा खबर
२०८२ कार्तिक ७, शुक्रबार १९:०९
७ कात्तिक, काठमाडौं ।  जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत लिने तयारी गरेका छन् । यसकारण पनि दलहरू चाडपर्वको समयमा समेत राजनीतिक भेटघाट र संवादमा व्यस्त छन् ।

कांग्रेसकी सांसद अंजना पंडित मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला दलहरूबीच संवाद हुनु स्वाभाविक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उहाँले त्यसका लागि तयार गर्नु र त्यससम्बन्धमा दलहरू संवादमा रहनु स्वभाविकै कुरा हो ।’

सोनल गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस सांसद पंडितका अनुसार सत्तापक्ष र प्रतिपक्ष दुवैले साना दलहरूसँग छलफल गरेका छन् । सत्तापक्षले साना दलको समेत साथ लिन खोजेको छ । प्रतिपक्षी दलहरूले भने साना दललाई अर्को सरकार गठनका लागि मनाउने प्रयास गरिरहेका छन् । उनी भन्छिन्, ‘आधिकारिक कुरा केही भएको छैन । कुराकानी त भइराखेको छ ।

मधेश प्रदेशमा दश वटा दल छन् । नेकपा एमाले, नेपाली कांग्रेससहित पाँच पार्टीले सोनललाई समर्थन गरेका छैनन् । सोनललाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थन दिएका छन् ।

कांग्रेस र एमाले बाहेक सोनललाई समर्थन नगर्ने तीन वटा पार्टीका एक/एक जना सांसद रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाल संघीय समाजवादी पार्टीका एक/एक जना सांसद रहेका छन् ।

कांग्रेस र एमालेले पनि यी तीन दलका तीन सांसदलाई आफ्नो पक्षमा राखेर सोनललाई विश्वासको मत पुर्‍याउन नदिने प्रयास गरिरहेका छन् ।

यी तीन दलका तीन जना सांसदलाई आफ्नो पक्षमा पार्ने प्रयासमा सोनललाई समर्थन गर्ने दलहरू छन् । कांग्रेस र एमालेले पनि यी तीन दलका तीन सांसदलाई आफ्नो पक्षमा राखेर सोनललाई विश्वासको मत पुर्‍याउन नदिने प्रयास गरिरहेका छन् ।

सोनललाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने पाँच राजनीतिक दलको सांसद संख्या ५७ छ । जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद भए पुग्छ ।

तर, जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन् । तथापि, जनमत पार्टीको विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले होल्ड गरिदिएको छ ।

(जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले यही कात्तिक १७ गते छलफल हुने मिति तोकेको छ । उक्त छलफल सम्पन्न नभएसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश छ ।

अब जनमत विभाजनले अदालतबाट आधिकारिता नपाउँदासम्म जनस्वराज पार्टीमा सनाखत गरेता पनि जनमत पार्टीको संसदीय दलकै ह्वीप लाग्नेछ । जसपा नेपालका एक जना सांसद पनि निलम्बनमा छन् । मधेश प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा निलम्बित रहेकाले विश्वासको मतमा भोट हाल्न पाउँदैनन् ।

यस्तोमा केही गरी जनस्वराज पार्टीमा सनाखत गरेका दुई जनाले मत दिएनन् भने समर्थन गरेका दलबाट सोनललाई मत दिनेको संख्या ५४ मा झर्नेछ । केही गरी अर्को एक जना अनुपस्थित हुन पुगे विश्वासको मत पुग्दैन । यसकारण मुख्यमन्त्री सोनल आफैं साना दलसँग संवाद्मा छन् । मुख्यमन्त्री सोनल भने, ‘विश्वासको मतका लागि समस्या हुँदैन ।’

जसपा नेपालका प्रवक्ता मनिष सुमन सोनल नेतृत्वको सरकार निर्माणमा आफ्नो पार्टीले पहल लिएको बताउँछन् । यसकारण विश्वासको मत दिलाउन पहल पनि लिने उनको प्रतिबद्धता छ ।

‘यो सरकार बनाउन हामीले तदारुकता लिएका हौं । विश्वासको मत दिन्छौं । विश्वासको मत दिलाउन पहल पनि गर्छौं,’ उनी भन्छन्, ‘यो सरकार बनाउने भूमिका खेलेको हुँदा सहयोग गर्नु र सफल बनाउनु हाम्रो दायित्व हो ।सभार अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर