Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

सीमामा सर्तकता र परीक्षणमा तदारुकता देखाउन मुख्यमन्त्री राउतको निर्देशन

प्रतिक्षा खबर
२०७७ बैशाख २, मंगलवार १८:५०

नागेन्द्र कुमार यादव

जनकपुरधाम, बैशाख २ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीममा सर्तकता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भएको छ।
मुख्यमन्त्री निवासमा आज सम्पन्न प्रतिपक्षीदलका नेताहरु सहितको निर्देशक समितिको बैठक पछि मुख्यमन्त्री राउतले सुरक्षा निकायका पदाधिकारी एवं स्वास्थ्य क्षेत्र संग सम्बन्धित पदाधिकारीहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।
मुख्यमन्त्री राउतले खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायको पदाधिकारीहरुलाई निर्देशन दिनु भयो । उहाँले सुरक्षामा चाहिने आवश्यक सामग्री तुरुन्त उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन समेत दिनु भयो ।

स्वाब परीक्षणमा तीब्रता आउन नसकेको गुनासो चारै तिर बाट आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले स्वाब परीक्षण लगायतको काममा तदारुकता देखाउन समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिनु भयो ।
मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणको लागि रकमको कुनै आभाव हुन दिने प्रतिबद्धता जनाउदै कार्यान्वयको पाटो कुनै पनि इन्तु किन्तु सुन्न नचाहेको समेत बताउनु भयो ।
आजको बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त मन्त्रीहरु, प्रतिपक्षी नेपाली काँग्रेका नेता राम सरोज यादव, नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतो, प्रमुख सचिव लगायत सबै मन्त्रालयका सचिवहरु, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारीहरु, चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर