Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

भारतीय अतिक्रमणमा रहेकाे जमिन नजिकै चीनले बढायो

प्रतिक्षा खबर
२०७७ श्रावण १८, आईतवार १३:०८

सैन्य गतिविधि : भारतको आपत्ति
एजेन्सी । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले भारतीय अतिक्रमणमा परेको नेपालको लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।
चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पिएलए) को एउटा बटालियन नै लिपुलेक नजिकै तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय मिडियाले प्रमुखताका साथ समाचार सार्वजनिक गरेका छन् ।
भारतीय सुरक्षा अधिकारीलाई उदृतगर्दै भारतीय सञ्चारमाध्यमले नेपालसँगको विवादको समयमा चीनले एक बटालियन सुरक्षाकर्मी तैनाथ गर्नूलाई अर्थपूर्ण भनेर टिप्पणी गरेका छन् ।
नेपालको गम्भीर आपत्ति भए पनि भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । यहीँ विवादकाबीच चीनले उक्त क्षेत्र नजिकैको आफ्नो क्षेत्रमा सुरक्षाफौज तैनाथ गरेको छ ।
नेपालको भूमि आफ्नो नक्सामा राखेपछि भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नक्सा प्रकाशित गरेको थियो । त्यसपछि नेपाल र भारतबीचको संवादहीनताको अवस्था छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेपछि कालापानी नजिकै सशस्त्र प्रहरी पनि तैनाथ भएको छ । चीनले लिपुलेक नजिकै झण्डै १ हजार सुरक्षाकर्मीसहित बटालियन नै स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर