Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

राप्रपाकी एक्लो सांसदलाई मुख्यमन्त्री यादवले बनाए मन्त्री, लिङ्देनद्वारा फिर्ता हुन निर्देशन

प्रतिक्षा खबर
२०८२ कार्तिक २४, सोमबार १८:४९
मधेस प्रदेशसभामा राप्रपाबाट एक्लो संसद रहेकी कंचन विच्छा मन्त्री बनेकी छन् ।  विवादका बिच सोमबार मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विच्छालाई मन्त्री बनाएका हुन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् गठन गर्दा उनको नाम पनि समेटिएको हो । जवकि राप्रपाले यसअघि नै संघ र प्रदेशसभाबाट फिर्ता हुने यसअघि नै निर्णय गरिसकेको थियो ।

सो निर्णयविपरीत एकाधबाहेक राप्रपाका प्रदेशसभा सदस्यहरु हालसम्म पदमै कायम भएका हुन् । यतिमात्रै होइन अहिले आएर मधेस प्रदेशमा राप्रपाका सांसद मन्त्री समेत भएकी हुन् ।

यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले यो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको टिप्प्णी गर्दै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन् ।

अन्यथा विधान बमोजिम कारवाही हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर