Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

औरही नगरपालिकाले गरे पूर्ण खोप दिगोपना घोषणा, कायम राख्न र निरन्तरता दिन प्रतिबद्धता

प्रतिक्षा खबर
२०८२ असार ११, बुधबार १६:२७

गोपाल झा

महोत्तरी अषाढ ११ गते

महोत्तरीको औरही नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको संकेत गर्दै पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा समेत गरेको छ । नगरपालिकाले ८२/८३ का लागि प्रस्तुत गरेको निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको समारोहका बीच आयोजित कार्यक्रममा  प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह लगायत स्थानिय जनप्रतिनिधि र कर्मचारीहरुले पूर्ण खोप दिगोपना कार्यक्रम लाई निरन्तरता दिन र पूर्ण खोप लाई कायम राख्न प्रतिबद्धता बैनरमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सिंहले स्थानीय सरकारको नेतृत्वमा नागरिकको स्वास्थ्य सुरक्षामा भएको यस्ता उपलब्धि सराहनीय भएको बताए । उनले भने, “पूर्ण खोपको दिगोपना मात्र होइन, त्यसको निरन्तरता र सुनिश्चितता स्थानीय सरकारको प्रतिबद्धता र क्रियाशीलताले मात्र सम्भव हुन्छ ।”           कार्यक्रममा औरही नगरपालीकाका नगर प्रमुख प्रदिप खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिको व्यावसायिकरण, दिगो विकास र आय–आर्जनका अवसरहरूलाई प्राथमिकता साथ राखिएको  जानकारी दिए ।

त्यस्तै औरही नगरपालिकाको स्वास्थ्य अवस्था विगत केही वर्षमा क्रमशः सुदृढ हुँदै गएको औरही नगरपालिका का स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुरले जानकारी दिए । उनले स्थानीय तहले वडा स्तरमै स्वास्थ्य चौकीहरू सुदृढीकरण, सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, र निःशुल्क औषधि वितरण जस्ता कार्यक्रममार्फत स्वास्थ्य सेवा विस्तार गर्दै आएको बताए ।             विगत वर्षहरूमा नगर क्षेत्रका सबै टोल, बस्ती र वडामा टीकाकरण अभियानलाई प्राथमिकतामा राखी शतप्रतिशत बालबालिकामा नियमित खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएकोले आज यो नगरपालिका पूर्ण खोप घोषणा गर्न पाएको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर