Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी

प्रतिक्षा खबर
२०८१ बैशाख २२, शनिबार १६:१४

२२ वैशाख, काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो
१७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।
नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।
दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११/११ रनमा आउट भए । म्याथ्थु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।
तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।
अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर