Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

प्रतिक्षा खबर
२०८२ असार १६, सोमबार २२:५४

गोपाल झा

महोत्तरी अषाढ १६ गते

महोत्तरीको एकडारा गाँउपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको संकेत गर्दै पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा गरेको छ ।

जन्मदेखि दुई वर्षसम्मका सबै बालबालिकालाई नियमित खोपका सम्पूर्ण मात्रा पूरा गराएपछि ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’को रुपमा घोषणा गरेको छ ।

गाँउपालीकाको सभाहँलमा आयोजीत कार्यक्रमको अध्यक्षता गर्नु भएका गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डल लगायत वडाध्यक्ष , स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले पूर्ण खोप दिगोपना कार्यक्रम लाई निरन्तरता दिन र पूर्ण खोप लाई कायम राख्न प्रतिबद्धता बैनरमा हस्ताक्षर गरेका छन् ।         कार्यक्रमका प्रमुख अतिथि रहनु भएका स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साहले स्थानीय सरकारको नेतृत्वमा नागरिकको स्वास्थ्य सुरक्षामा भएको यस्ता उपलब्धि सराहनीय भएको बताएका हुन्  । उनले भने, “पूर्ण खोपको दिगोपना मात्र होइन, त्यसको निरन्तरता र सुनिश्चितता स्थानीय सरकारको प्रतिबद्धता र क्रियाशीलताले मात्र सम्भव हुने बताएका हुन् ।  स्वास्थ्य कार्यालयका प्रमुख साहले एकडाराको यो सफलतालाई प्रदेशभित्रकै उदाहरणीय अभ्यासको रूपमा लिँदै स्थानिय तहहरुले पनि यसबाट प्रेरणा लिनुपर्नेमा जोड दिएका हुन् ।

गाउँपालिका अध्यक्ष मन्डलले खोप सुनिश्चितताका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा अभिभावकहरूको सहकार्य र भूमिकाको प्रशंसा गर्दै , बालबालिकाको स्वास्थ्यघोषणा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

     कार्यक्रममा एकडारा गाँउपालिका का स्वास्थ्य शाखा प्रमुख महेन्द्र मण्डलले स्थानीय तहले वडा स्तरमै स्वास्थ्य चौकीहरू सुदृढीकरण, सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, र निःशुल्क औषधि वितरण जस्ता कार्यक्रममार्फत स्वास्थ्य सेवा विस्तार गर्दै आएको बताए ।

उनले विगत वर्षहरूमा गाँउ  क्षेत्रका सबै टोल, बस्ती र वडामा टीकाकरण अभियानलाई प्राथमिकतामा राखी शतप्रतिशत बालबालिकामा नियमित खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएकोले आज यो गाँउपालिका पूर्ण खोप घोषणा गर्न पाएको बताए ।स्वास्थ्य शाखा प्रमुख मण्डल गाँउपालिकाले आगामी वर्षमा पनि स्वास्थ्य क्षेत्रमा प्रविधि समावेशीकरण, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित कार्यक्रम, र नवजात शिशु मृत्युदर घटाउने रणनीतिका साथ स्वास्थ सेवालाई अझ सुदृढ र प्रभावकारी ढङ्गले प्रवाह गर्ने बताए  ।

    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय महोत्तरीका खोप अधिकृत , स्थानीय स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर