Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

लोसपाले दियो महाधिवेशन तयारीलाई तीव्रता

प्रतिक्षा खबर
२०८१ असार ७, शुक्रबार २१:४१

रामगाेपालपुर, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले महाधिवेशनलाई लक्षित गरी सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्रता दिएको छ । लोसपाले जिल्ला–जिल्लामा सदस्यता अभियान चलाइरहेको छ भने भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनहरूलाई पूर्णता दिएको छ । २०८२ वैशाखमा पार्टीको महाधिवेशन गर्ने गरी तयारी चलिरहेको सो पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए ।
उनले भने– ‘नयाँ सदस्यता वितरण तथा नवीकरणको अभियान चलिरहेको छ, जिल्ला जिल्लाबाट त्यसको रिपोर्ट पनि आइरहेको छ ।’ उनका अनुसार असार २ गते प्रत्येक जिल्लालाई पत्र पठाएर सदस्यता वितरण अभियान कसरी अगाडि बढेको छ त्यसको जानकारी प्रत्येक साता केन्द्रीय कार्यालयलाई जनाकारी गराउन भनिएको छ ।
‘यो अभियान तीन महिनाका लागि सुरु गरिएको हो, असार मसान्तसम्म पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य रहेको छ’ उनले भने, ‘प्रत्येक जिल्लामा अभियान सञ्चालनमा छ, रिपोर्ट आउन सुरु भएको छ, अभियान सकिएपछि मात्र कति सदस्यता वितरण भएको भन्ने थाहा हुन्छ ।
महासचिव मिश्रले भातृ सङ्गठनलाई पनि पूर्णता दिने काम सुरु भएको बताए । लोसपाका ३१ वटा भातृ तथा शुभेच्छुक सङ्गठन रहेका छन् । त्यसमध्ये लोकतान्त्रिक विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक सङ्घलाई मात्र पूर्णता दिइएको छ । अन्य सङ्गठनको बारेमा गृहकार्य भइरहेको र यो महिनाभित्र सबै सङ्गठनलाई पूर्णता दिइने मिश्रले बताए ।
जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले २०७८ भदौमा लोसपा नेपाल गठन गरेका थिए । लोसपा नेपालको अन्तरिम विधान अनुसार पाँच वर्षभित्रमा महाधिवेशन गरिसक्नुपर्ने उल्लेख छ । सोही विधानअनुसार महाधिवेशनको तयारीमा लोसपा लागेको हो ।
लोसपा गठन भएको लामो समयपछि २०८० असोजमा केन्द्रीय समिति सार्वजनिक गरिएको थियो । पार्टी गठनको दुई वर्षपछि केन्द्रीय समिति सार्वजनिक भए पनि त्यो विवादरहित रहेन । उक्त केन्द्रीय समितिबाट असन्तुष्ट भएर राजेन्द्र महतो पार्टीबाट अलग भए भने अनिल झालगायतका नेताहरू असन्तुष्ट छन् ।
सो पार्टीमा ३११ सदस्यीय कार्य समितिमा ६४ जना पदाधिकारी रहेका छन् । ६४ जना पदाधिकारीसहितको केन्द्रीय समिति बनाएको झन्डै एक वर्ष हुन लागेको छ तर हालसम्म त्यसमा कार्य विभाजन गरिएको छैन । कार्य विभाजन नहुँदा नेताहरू अलमलमा परेका छन् । धेरैपछि सदस्यता अभियान सञ्चालन सुरु भएपछि जिल्लाका नेता तथा कार्यकर्ता भने सक्रिय भएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर