Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

भारतीय प्रधानमन्त्री श्रीलङ्कामा, सम्झौतामा हस्ताक्षर

प्रतिक्षा खबर
२०८१ चैत्र २३, शनिबार २१:३९

कोलम्बो, चैत २३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ ।प्रधानमन्त्री मोदीले सन् २०१९ मा श्रीलङ्काको भ्रमण गर्नुभएको थियो । अनुरा कुमारा दिसानायकेले श्रीलङ्काको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछि भारतीय उच्च अधिकारीको यो यो पहिलो श्रीलङ्का भ्रमण हो ।

प्रधानमन्त्री मोदीको यो भ्रमणका क्रममा दुई देशबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौता भएका छन् । श्रीलङ्काका राष्ट्रपति दिसानायके तीन महिनाअघि भारत भ्रमणमा आएका समय सहमति भएका तर हस्ताक्षर हुन बाँकी सम्झौतामा शनिबार सहमति भएको हो ।

त्यतिबेला भारत र श्रीलङ्काबीच एउटा महत्वपूर्ण रक्षा सम्झौतामा सहमति भएको देखिएको थियो । प्रधानमन्त्री मोदीको श्रीलङ्का भ्रमणका क्रममा दुई देशबीच भएको रक्षा सम्झौतालाई पछिल्लो समय भारत–श्रीलङ्का सम्बन्धको प्रमुख उपलब्धि मानिएको छ । श्रीलङ्कामा चीनको बढ्दो सैन्य प्रभावलाई कम गर्न भारतले यस सम्झौतामा हस्ताक्षर गर्नु महत्वपूर्ण रहेको विश्लेषकहरूले पहिले नै बताउँदै आएका थिए।

भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार दुई देशले त्रिन्कोमालीलाई ऊर्जा क्षेत्रको रूपमा विकास गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति अनुरा दिसानायकेले पनि सम्पुर सौर्य ऊर्जा परियोजनाको भर्चुअल उद्घाटन गर्नुभएको छ ।

मोदीलाई लङ्का मित्र विभूषणद्वारा सम्मानित
भ्रमणका अवसरमा श्रीलङ्काका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीलाई ‘लङ्का मित्र विभूषण’ बाट पनि सम्मानित गर्नुभएको छ । यो श्रीलङ्काले अन्य देशका राष्ट्राध्यक्ष वा मित्र राष्ट्रका प्रमुखलाई प्रदान गर्ने उच्च सम्मान हो । भारत र श्रीलङ्काबीच यसअघि पनि थुप्रै महत्वपूर्ण सम्झौता भएका छन् । यी दुईबीच अहिलेसम्म भएका विभिन्न सम्झौता र त्यसले पार्ने प्रभावबारे दुई देशका अधिकारीहरूले भ्रमणका क्रममा चर्चा गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर