Advertisement
ताजा खबर
थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै

रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा५०जनाभन्दा धेरैकाे मृत्युु

प्रतिक्षा खबर
२०८० कार्तिक १८, शनिबार ०७:०१

१८ कात्तिक, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर-गोठहरु भत्किएका छन् ।
भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले आज बिहान ६ बजेसम्म बारेकोट गाउँपालिकामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताए । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना संकलन गर्न नसकिएको उनले बताए ।
आफू विभिन्न वडाहरुमा पुग्दा घरहरुमा व्यापक क्षति पुगेको देखेको उनले जानकारी दिए । ‘म भूकम्प गएदेखि नै मोटरसाइकल लिएर वडा-वडामा पुगेर अवस्था बुझिरहेको छु । अहिलेसम्म हाम्रो पालिकामा मानवीय क्षति भएको दुःखद खबर सुन्नु परेको छैन।
अहिलेसम्म वडानम्बर १, २, ३ र ९ मा भूकम्पले बढी क्षति पुगेको आफूले देखेको उनले बताए ।
गाउँपालिकाको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क हुन नसक्दा त्यहाँको अवस्था बुझ्न भने बाँकी रहेको उनले बताए । ‘म मोटरसाइकल जान सक्ने प्राय सबै वडा-वडामा पुगिरहेको छु, कतिपयलाई फोन गरेर वस्तुस्थिति बुझिरहेको छु । तर कतिपय ठाउँ, खासगरी माथिल्लो भेगमा सम्पर्क हुन सकिरहेको छैन ।’
उनले प्रहरी र स्वास्थ्यकर्मीहरुलाई रातिदेखि नै खोज, उद्धार, राहत र उपचारमा खटाइएको जानकारी पनि दिए ।
गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सुक्खा पहिरो जाँदा ठाउँ-ठाउँमा सडकहरु अवरुद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर