Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

जनता समाजबादी पार्टी नेपालमा कारवाहीको खेल : महन्थ ठाकुर र राजेन्द्रले किर्ते बहुमत सदस्यको हस्ताक्षर सहितको माइन्युट बुझाउने तयारीमा

प्रतिक्षा खबर
२०७८ जेष्ठ २९, शनिबार १९:५५

२०७८ जेष्ठ २९, शनिबार
जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो समुह र उपेन्द्र यादव समुहका लागि शनिवार र आइतवार निर्णायक रहनेछ ।
ठाकुर, महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ललाई पार्टीबाट निष्कासन गरेको यादव समुहले निर्वाचन आयोगमा दर्ता गराएको बहुमत सहितको निर्णयलाई चुनौती दिन ठाकुर–महतो समुहले पाएको सात दिने समयको अन्तिम दुई दिन बाँकी रहेको छ ।
ठाकुर–महतो समुहले यादवलाई पार्टीबाट निष्कासन गरेको बहुमतको निर्णय निर्वाचन आयोगमा शुक्रवार सम्म बुझाउन सकेको छैन् ।तर उनीहरुले शुक्रवार रातीदेखि नै जसपा कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर गराउन सबै ताकत लगाएका छन् ।
‘कार्यकारिणी समितिका सदस्यहरुलाई प्रभावित गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत कयौं शक्ति केन्द्रहरु सकृय छन्’ एकजना सदस्यले भने, राजकिसोर यादवलाई प्रधानमन्त्रीले मन्त्री बनाउनुको कारणपनि त्यै हो । उच्च स्रोतका अनुसार जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भटट्राइ निकटका कार्यकारिणी सदस्यहरुलाई प्रभावितपार्न ठाकुर–महतो समुह लागिपरेका छन् ।
तराई मधेशका कार्यकारिणी समिति सदस्यहरु हल्लिने संभावना कमजोर देखेपछि सो समुहले भट्टराई समर्थितलाइ आर्थिक प्रलोभनमा पार्न प्रयासरत्त रहेको स्रोतको दावी छ । आइतवार सम्म ठाकुर– महतो समुहले आयोगमा बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउन नसके यादव समुहले गरेको निष्कासनको कार्वाही सदर हुनेछ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले महन्थ ठाकुरले कार्वाही गरेको निर्णयको प्रतिलिपि शुक्रवार सम्म नआएको बताए ।उनले मागेको समय आइतवार सम्म रहेकाले त्यो दिन बुझाउन सक्ने प्रवक्ता श्रेष्ठले जनाए ।
ठाकुर समुहले यादवलाई निष्कासन गरेको बहुमतको निर्णय आयोगमा प्रस्तुत गर्न नसके यादव समुहले बहुमत सहित गरेको निर्णयलाई नै मान्यता दिइनेछ ।त्यसो भए जसपाबाट ठाकुर, महतो, कर्ण र शुक्ल बाहिरिने छ ।
ठाकुर निकट एक सदस्यका अनुसार आयोगको निर्णयलाई अल्झाउन किर्ते भएपनि बहुमत सदस्यको हस्ताक्षर सहितको माइन्युट बुझाउने तयारी भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर