Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

हिजबुल्लाह र इजरायलबिच थप तनावको चिन्ता

प्रतिक्षा खबर
२०८१ भाद्र १०, सोमबार ०७:४०

तेल अभिभ । हिजबुल्लाहका वरिष्ठ सैन्य कमाण्डर फाउद शुक्रको हत्यापछि लेबनान, इजरायल र सम्पूर्ण क्षेत्र करिब एक महिनादेखि हिजबुल्लाहको बदलाको प्रतीक्षामा थिए। लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्र दहियामा रहेको एक आवासीय भवनमा इजरायलले गरेको आक्रमणमा फाउद शुक्रको मृत्यु भएको थियो ।

फाउद शुक्रको मृत्यु पछि हिजबुल्लाह नेता हसन नसरल्लाहले बदला लिने वाचा गरेका थिए । आइतबार हिजबुल्लाहले जवाफी कारवाहीको पहिलो चरणमा रकेट र ड्रोन आक्रमण गर्‍यो। हिजबुल्लाहले इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ ।

हिजबुल्लाहले आफ्नो आक्रमण सफल भएको घोषणा गरेको छ ।

उता, इजरायलले हिजबुल्लाहको योजनालाई असफल पारेको दाबी गर्दै बिहानै जवाफी आक्रमण गरेको जनाएको छ । एक इजरायली सैन्य प्रवक्ताले हिजबुल्लाहका केही लक्ष्यहरू मध्य इजरायलमा थिए। यद्यपि, यी लक्ष्यहरू हिजबुल्लाहको आक्रमणबाट अछुतो रहे।

आइतबारको पछिल्लो आक्रमणले हिजबुल्लाह र इजरायलबिच थप तनावको चिन्ता बढाएको छ। अहिलेसम्म इजरायल र हिजबुल्लाहबिचको कारबाही सीमा क्षेत्रमा मात्र सीमित रहेको थियो ।

बिहान इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, ‘जसले हामीलाई हानि पुर्‍याउने प्रयास गर्छ, हामी उसलाई हानि गर्छौँ ।’  गाजामा बन्दीहरूको रिहाइका लागि युद्धविराम र सम्झौतामा पुग्ने प्रयास भइरहेका बेला यी आक्रमणहरू भएका हुन्। तनाव बढे पनि पछि वार्ता जारी रहने अपेक्षा गरिएको छ ।

अमेरिकाले के भन्यो ?

लेबनान र इजरायलबिचको पछिल्लो तनावलाई लिएर अमेरिकाले पनि प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति जो बाइडेनले पछि घटनाक्रमको निगरानी गरिरहेको  भनिएको छ । उनी साँझदेखि नै राष्ट्रिय सुरक्षा टोलीसँग सम्पर्कमा छन् ।

राष्ट्रपति बाइडेनको निर्देशनमा, वरिष्ठ अमेरिकी अधिकारीहरू इजरायलमा आफ्ना समकक्षहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताइएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी इजरायलको रक्षा र क्षेत्रमा स्थायित्व ल्याउने काममा सहयोग गर्न जारी राख्नेछौँ।’

को हो  हिजबुल्लाह ?

हिजबुल्लाह लेबनानमा इरानद्वारा समर्थित एक शिया इस्लामिक राजनीतिक पार्टी र अर्धसैनिक संगठन हो। सन् १९९२ देखि शेख हसन नसरल्लाहले यसको नेतृत्व गर्दै आएका छन् ।

यस नामको अर्थ अल्लाहको समूह हो। हिजबुल्लाह सन् १९८० को दशकको प्रारम्भमा लेबनानमा इजरायलको कब्जामा इरानको आर्थिक र सैन्य सहयोगमा खडा भएको थियो। हिजबुल्लाहका नेता नसरल्लाहले समूहसँग १०,००,००० लडाकुहरू रहेको दाबी गरेका छन् । यद्यपि स्वतन्त्र अनुमानहरूले सङ्ख्या २०,००० र ५०,००० बिचमा राखेका छन्।

हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायल र हिजबुल्लाहबिच सीमापार गोलीबारी सुरु भएको थियो । हमासको आक्रमणमा १२ सय मानिस मारिएका थिए भने २४० जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण गरेको थियो । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा हालसम्म ४० हजारभन्दा बढी मानिस मारिएका छन् ।

हिजबुल्लाहमाथि वर्षौँदेखि इजरायली र अमेरिकी लक्ष्यहरूलाई लक्षित गरी बम विस्फोट र षड्यन्त्र गरेको आरोप लगाइएको छ। पश्चिमी देशहरू, इजरायल, अरब देशहरू र अरब लिगले हिजबुल्लाहलाई ‘आतङ्कवादी’ संगठन मान्छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर