Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बंगलादेशमा अल्पसंख्यकमाथि हमलाको संयुक्त राष्ट्र संघद्वारा आलोचना

प्रतिक्षा खबर
२०८१ श्रावण २६, शनिबार १२:०६

ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएयता अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेका छन् । यस घटनाको विश्वभर निन्दा भइरहेको छ ।

संयुक्त राष्ट्र संघ (यूएन)ले पनि यसको आलोचना गरेको छ । जातीय आधारमा हुने हमला र हिंसालाई बढावा दिनेविरुद्ध आफूहरू भएको यूएनका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता फरहान हकले भनेका हुन् । पछिल्ला केही दिनयता बंगलादेशमा हिन्दु र अन्य अल्पसंख्यकमाथि हमला भइरहेको छ ।

आफूहरूले पहिला नै स्पष्ट पारिसकेको र अब फेरि पनि बंगलादेशमा हालैका हप्तामा भएको हिंसा अन्त्य गरियोस् भनेर भन्न चाहेको उनले बताए । बंगलादेश र त्यहाँको जनतालाई आवश्यक पर्ने सबै खाले समर्थन दिन आफूहरू तयार रहेको पनि हकले भनेका छन् । शेख हसिनाले राजीनामा दिएपछि पनि बंगलादेशमा हिंसा रोकिएको छैन । पहिले आन्दोलनकारीले सरकार र अवामी लिग पार्टीलाई निशाना बनाउँदै आएका थिए । तर अहिले बंगलादेशमा बसोबास गर्ने हिन्दु र अन्य अल्पसंख्यकहरू दंगाको निशानामा परेका छन् ।

बंगलादेशमा धेरै हिन्दु मन्दिर, घर र व्यवसाय तोडफोड गरिएको छ । सोमबार शेख हसिनाको पार्टी अवामी लिगका दुई हिन्दु नेताको हत्या भएको थियो । सोमबार नै चर्चित म्युजिक ब्याण्ड जोलार गानका मुख्य सदस्य राहुल आनन्दको घरमा तोडफोड गरी आगजनी गरियो । हिंसाबाट ज्यान जोगाउन गायक राहुल आनन्द र उनको परिवारका सदस्य घरबाटै भाग्नुपर्‍यो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर