Advertisement
ताजा खबर
पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश जिल्ला सभापति शुभम् कुमार यादव र डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश कार्यक्रम चल्दै सोनमा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र नगर प्रहरीलाई साइकल वितरण मधेशको संघर्ष, उपेन्द्र यादवको राजनीतिक यात्रा र राष्ट्रिय परिवर्तनमा उहाँको योगदान मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने महोत्तरीको सोनमा–६ मगरथाना बजारमा रास्वपाको पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम हुने जसपा नेपाल कर्जन्हा नगर समितिको बैठकमा पार्टी गतिविधि तीव्र बनाउने निर्णय मधेशमा नयाँ सरकार गठनको कसरत तीव्र, जसपा नेपालभित्र विभाजनको जोखिम बढ्दै पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु रामगोपालपुर नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा प्रवाह हुने

☰

जिल्ला सभापति शुभम् कुमार यादव र डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश कार्यक्रम चल्दै

प्रतिक्षा खबर
२०८३ कार्तिक २५, बुधबार १९:१३

रामगाेपालपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरी क्षेत्र नं. ४ अन्तर्गत रामगोपालपुर नगरपालिकामा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
पार्टीका जिल्ला सभापति शुभम् कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा घण्टीप्रेमी, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दल तथा अन्य क्षेत्रबाट आएका व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको जनाइएको छ।

महोत्तरी क्षेत्र नं. ४ मा पार्टी संगठन विस्तार तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध गराउने अभियानलाई तीव्रता दिइएको छ। यसैक्रममा हिजो सोनमा गाउँपालिका–६ मा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो भने आज रामगोपालपुर नगरपालिकामा पनि पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो।
रास्वपाका जिल्ला सभापति शुभम् कुमार यादव र सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश तथा संगठन विस्तारका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।
कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थितिले महोत्तरी क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको संकेत गरेको आयोजक पक्षको भनाइ छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा उपस्थित सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र घण्टीप्रेमीहरूलाई आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर