Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

संविधान संशोधनको एजेन्डाबारे छलफलमा जुटे विपक्षी

प्रतिक्षा खबर
२०८१ पुष २६, शुक्रबार १०:२०

२५ पुस, काठमाडौं । विपक्षी दलहरू संविधान संशोधनको एजेन्डाबारे छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बिहीबार मात्रै सिंहदरबारमा संवाद भएको छ ।

बिहीबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेट भएको थियो ।

भेट नियमित रहेको र बिहीबारको भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

‘सरकारले संविधान संशोधन गर्ने भनिरहेका छन् । यो विषयमा विपक्षी दलहरूका बीचमा छलफल हुन थालेको छ । बिहीबारको भेट पनि यसै अन्तर्गत भएको हो,’ महासचिव गुरुङले  भने ।

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनका लागि तीनवटा एजेन्डा अगाडि बढाएको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद् सदस्य बाहिरबाट समेत मन्त्री बन्न पाउने व्यवस्था संविधानमा राख्ने भनिएको छ ।

यी एजेन्डा माओवादी केन्द्रले पदाधिकारी, स्थायी समितिबाट तय गरेर केन्द्रीय समितिमा लगेको थियो । जसलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

यो पनि पढ्नुहो

माओवादी केन्द्रका महासचिव गुरुङ आफूहरू सरकारले संविधान संशोधनका लागि ल्याउने प्रस्तावमा विकल्पसहित उपस्थित हुने बताउँछन् ।

कांग्रेस र एमालेले सातबुँदे सहमति नै गरेर राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्ने भनेको स्मरण गर्दै उनले भने, ‘राजनीतिक स्थिरता चाहिएको हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीमा जाऔं । जसले मुलुकको नेतृत्व पाँचै वर्षका लागि चुन्छ ।’

कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने गरी सातबुँदे समझदारी गरेका थिए । उक्त समझदारीको बुँदा नम्बर २ मा संविधान संशोधन गर्ने प्रतिवद्धता छ ।

जहाँ भनिएको छ, ‘…सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’

निर्वाचन प्रणाली महंगो भएको भनेर हुने गरेको बहसको पनि आफूहरूसँग विकल्प रहेको बताउँछन् माओवादी महासचिव गुरूङ । उनी थप्छन्, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं जसले निर्वाचन खर्च पूरै कटाउँछ ।’

सांसदहरू विधि निर्माणमा भन्दा मन्त्री हुनका लागि लालायित हुने गरेको र यसको दोष अस्थिर सरकार, महंगो निर्वाचन प्रणाली नै रहेको भनेर हुने गरेको बहस अन्त्य गर्नका लागि संसद् सदस्यबाहिरबाट मन्त्री बनाउन सक्नुपर्ने उनको राय छ ।

‘सांसद सदस्यबाहिरबाट समेत मन्त्री हुने गरी संविधान संशोधन गर्न सक्यौं भने सांसदहरू विधि निर्माणमा केन्द्रित त हुन्छन् नै अन्य केही समस्याहरू हल गर्नका लागि समेत सकिन्छ ।’

यीबाहेक माओवादी केन्द्रले संविधान संशोधनका लागि अन्य केही एजेन्डाहरू समेत तय गरेको छ । राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन पहल गर्ने केन्द्रीय समितिको निर्णय छ ।

हाल राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान छ । यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउन पहल गर्ने नीति केन्द्रीय समितिबाट पास गराएर अगाडि बढेको महासचिव गुरुङले जानकारी दिए ।

यी लगायतका विषयमा संविधान संशोधनका लागि विपक्षमा रहेका दलहरूका बीचमा संवाद अगाडि बढेको हो । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ आफूहरू संविधान संशोधनका एजेन्डा के कसो हुन सक्छन् भनेर आन्तरिक छलफलमा रहेको बताउँछन् ।

सरकारले आफ्नो तयारी अगाडि बढाएसँगै विपक्षी दलहरूले पनि आन्तरिक छलफल हुनु स्वभाविक रहेको बताउँछन् ।

‘पार्टीका तर्फबाट कमिटी बनाएर संविधान संशोधनबारे छलफल गरिरहेका छौं । त्यसले काम गरिरहेको छ । यो बेला अन्य दलसँग संवाद हुनु स्वभाविक हो,’ श्रेष्ठले  भने ।

एकीकृत समाजवादीले यही २ पुसमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो ।

स्थायी कमिटीबाट उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा गठित कार्यदलमा जसमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य छन् । विपक्षी दलहरू र आवश्यक सबै पक्षसँग संवाद गर्न पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरू संविधान संशोधन सुझाव कार्यदलमा राखिएको नेताहरू बताउँछन् ।

अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएर काम गरिरहेको छ । यही २१ पुसमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले आइतबार प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम शाह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् । नेताहरूका अनुसार कार्यदलले सातवटै प्रदेशमा र संविधानविदहरूसँग छलफल गरेर धारणा बनाउने कार्य अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर