Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जनकपुर क्षेत्रमा लगाइएको कर्फ्यू आज समाप्त हुँदै

प्रतिक्षा खबर
२०७७ श्रावण २५, आईतवार ११:३४

प्रतीक्षा खबर
जनकपुरधाम, साउन २५ गते
कोरोना जोखिम न्युनिकरणको लागि जनकपुरमा गरिएको निषेधाज्ञा प्रशासनले फेरि थप्ने सम्भावना बढेको छ ।
कोरोना जोखिम बढेपछि जिल्ला प्रशास कार्यालय धनुषाले गएको साउन १९ गते राति १२ बजेदेखि साउन २५ गते राति १२ बजे (आजराति) सम्मको लागि जनकपुर क्षेत्रमा कर्फ्यू लगाएको थियो ।
जिल्ला प्रशासन कार्यायल धनषाले पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बिच लगायतको क्षेत्र भित्र गरेको कार्फ्यूको समय सीमा आज राति १२ बजेदेखि समाप्त हुँदै छ ।
तर, जनकपुर क्षेत्रमा कोरोना जोखिम अझै बढि नै रहेकाले प्रशासनले फेरि केहि दिनको लागि निषेधाज्ञा थप्ने सम्भावना बढेको छ । निषेधाज्ञा थप्ने नथप्ने विषयमा आइतबार (आज) जिल्ला सुरक्षा संकट व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रण समिति धनुषाको बैठक बस्न लागेको छ ।
बैठकमा छलफलमा एकसातादेखि गरेको निषेधाज्ञा र त्यसबाट भएको उपब्धिको विषयमा लेखाजोखा गरी मात्र म्याद थप्ने वा नथप्न निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । तर जोखिम बढ्दै गएकाले निषेधाज्ञा थप्न सकिने सम्भावना रहेको समेत उनको भनाई छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर