Advertisement
ताजा खबर

बर्सेनि फँडानी गरे पनि महोत्तरीमा रोकिएन गाँजा खेती

प्रतिक्षा खबर
२०७९ कार्तिक २४, बिहीबार २३:०२

गोपाल झा

महोत्तरी , कार्तिक २४ गते

महोत्तरीमा अवैध गाँजा खेती फस्टाउँदै गएको पाइएको छ । प्रहरी तथा स्थानीय प्रशासनले बर्सेनि गाँजा फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन । विभिन्न स्थानमा लुकाइछिपाइ लगाइएको अवैध गाँजा खेती प्रहरीले फाडानी गरी नष्ट गरेको छ ।

मंसिर ४गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाका चुनाव नजिकीदैँ गर्दा बिभिन्न पार्टीका  नेताहरु आ-आफ्नो चुनाबी कार्यक्रममा ब्यस्त भएका छन भने  प्रहरी प्रशासन समेत निर्बाचनको ध्यानमा राखेर सान्ती शुरक्षाकालाागी तैनाथ देखीएको छ ।

नेताहरु चुनाबी कार्यक्रममा ब्यस्त भए पनी महोत्तरी प्रहरी प्रशासनले सान्ती शुरक्षाका साथै तत्परताका साथ अन्य गतीबिधलाई पनी निरन्तरता  दिँदै बिहिबार महोत्तरी प्रहरी जिल्लाको एकडारा गाउँपालिका-५ बथनाहामा लुकाइछिपाई करीब ४ बिगहामा लगाईएको गाँजाखेती    फडानी गरेर नष्ट गरेको छ ।

महोत्तरी प्रहरीले बर्सेनि गाँजा फडानी गर्दै आए पनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन । आज यहाँ विभिन्न स्थानमा लुकाइछिपाइ लगाइएको अवैध गाँजा खेती प्रहरीले फाडानी गरेको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत गाँजाको प्रयोग, ओसारपसार तथा खेती गर्ने  गैरकानुनी रहेको छ ।

गाँजा अवैध लागुऔषध रहेकाले विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी ,ईलाका प्रहरी कार्यालय कटीकटैया र ससस्त्र प्रहरीको संयुक्त टोली एकडारा गाउँपालिका- वडा नं. ५ बथनाहा गाँउ र गाँउकै पुर्ब रातो खोला किनारको पश्चिम, खेत तथा बारीमा लगाईएको करीब ४ बिगहाको गाँजा फडानी गरि नष्ट गरेको हो ।

प्रहरीले महोत्तरीमा बर्सेनि गाँजा खेतीफडानी गर्दा र सचेतना दिँदा पनि स्थानीयवासीले ठूलो मात्रामा गाँजा खेती गर्न छाडेका छैनन् ।

गाँजा खेतीगर्न नेपाल सरकारले रोक लगाएको हुँदा अवैधरुपमा उत्पादन, खरिद विक्री तथा ओसारपसारमा प्रहरीको निगरानी जारी रहने प्रहरीको भनाइ छ ।

कृषकहरुले कानुनी  रुपमा प्रतिबन्धित गाँजाको व्यवसायिक रुपमा खेति गर्ने गरेका छन भने गतिलो आम्दानीको श्रोत गाँजा बनाएका छन् । गाँजा फडानी कार्य वर्षेनी भएपनि कृषकहरुले गाँजा खेतीलाई त्यागेर अरू बाली लगाउनतर्फ लागेको पाइँदैन ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने व्यवस्था छ । लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत गाँजाको प्रयोग, ओसारपसार तथा खेती गरेको खण्डमा गैरकानुनी ठहर गरी एक महिना कैद वा तीन हजार रुपैयाँ जरिवानादेखि लिएर दश बर्ष कैद र एकलाख रुपैयाँसम्मको जरिवाना तिराउने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर