Advertisement
ताजा खबर
जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत बलवामा एमालेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, हजारौँ कार्यकर्ताको सहभागिता जसपा नेपालको मधेश प्रदेश समिति पुर्ण बैठक सम्पन्न फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा महोत्तरीमा प्रहरी बिटकै अगाडिबाट कुखुराको खुलेआम तस्करी, प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न सोनमा–७ सुन्दरपुरमा निर्माणाधीन प्रवेशद्वार नजिक गम्भीर दुर्घटना, रास्वपा गाउँपालिका अध्यक्ष डा. अशोक यादवद्वारा लापरवाहीको आरोप सोनमा–७ सुन्दरपुरमा पुनः वडा अध्यक्षका रूपमा महेश कुमार यादवको चर्चा चुलिँदै, स्थानीयस्तरमा बढ्दै समर्थन जिप दुर्घटनाहुदा, तीन जनाको मृत्यु, सात घाइते नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

☰

फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग

प्रतिक्षा खबर
२०८३ कार्तिक १८, बुधबार १८:०४

जनकपुर, कार्तिक १८ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले बारा जिल्लाको फेटा गाउँपालिकास्थित नगर अस्पतालको भवन पूर्ण रूपमा सञ्चालनयोग्य नहुँदै उद्घाटन गर्न लागिएको विषयलाई लिएर स्थानीय नागरिकले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको जनता समाजवादी पार्टी जसपा) नेपाल मधेश प्रदेश समिति भर्त्सना गरेको छ।
जनता समाजवादी पार्टी जसपा) नेपाल मधेश प्रदेश समितिको २०८३ कात्तिक १७ गते बसेको पुर्ण बैठकले विरोध प्रदर्शनका क्रममा प्रहरी प्रशासनबाट भएको बर्बर दमन, लाठीचार्ज तथा गोलीकाण्डप्रति घोर निन्दा गरेको हो।
बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषी प्रहरीमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ।

बैठकले राज्यद्वारा समाचार सम्प्रेषण गरेकै कारण पत्रकारहरूमाथि डर, त्रास र धम्की सिर्जना गरी सत्यतथ्य लुकाउन खोजिएको घटनाप्रति पनि गम्भीर आपत्ति जनाएको छ।
जसपा नेपालले पत्रकारमाथिको यस्तो व्यवहार स्वतन्त्र पत्रकारिता र लोकतन्त्रमाथिको प्रहार भएको ठहर गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग जोडदार माग गरेको छ। साथै, आगामी दिनमा लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई खवरदारी गरेको छ ।
पार्टीका मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत उक्त धारणा सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर