Advertisement
ताजा खबर
महोत्तरीमा राप्रपाका केन्द्रीय सदस्यसहित दुई नेता एमालेमा प्रवेश युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी सोनमा–८ मा पुनः चर्चामा राजदेव यादव, स्थानीयस्तरमा राजनीतिक बहस सुरु जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत बलवामा एमालेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, हजारौँ कार्यकर्ताको सहभागिता जसपा नेपालको मधेश प्रदेश समिति पुर्ण बैठक सम्पन्न फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग सर्लाहीको भूमि प्रशासन कार्यालयमा अख्तियारको छापा, एक लाख रुपैयाँसहित नायब सुब्बा नियन्त्रणमा महोत्तरीमा प्रहरी बिटकै अगाडिबाट कुखुराको खुलेआम तस्करी, प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न

☰

सोनमा–७ सुन्दरपुरमा पुनः वडा अध्यक्षका रूपमा महेश कुमार यादवको चर्चा चुलिँदै, स्थानीयस्तरमा बढ्दै समर्थन

प्रतिक्षा खबर
२०८३ कार्तिक १६, सोमबार २१:१६

महोत्तरी।
महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पुनः वडा अध्यक्षका रूपमा महेश कुमार यादवको चर्चा चुलिन थालेको छ। स्थानीयस्तरमा उनको सम्भावित उम्मेदवारी र चुनावी जितको सम्भावनाबारे समेत चर्चा हुन थालेको छ।
२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका यादव वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। तर, दोस्रो स्थानीय तह निर्वाचनमा भने उनी नेपाली कांग्रेसका उम्मेदवार जित कुमार यादवसँग झिनो मतान्तरले पराजित भएका थिए।
स्थानीय किसान तथा बासिन्दाहरूका अनुसार महेश कुमार यादवले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउनुका साथै सडक ढलानलगायतका पूर्वाधार निर्माणका काममा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यादवको कार्यकालमा भएका विकास निर्माणका काम र सामाजिक योगदानको चर्चा गर्दै स्थानीय बासिन्दाहरूले वर्तमान वडा अध्यक्षको कार्यकालसँग तुलना गर्दा यादवको कार्यकालमा बढी विकास भएको धारणा व्यक्त गर्न थालेका छन्।
स्थानीय किसान तथा सर्वसाधारणको भनाइअनुसार विगतमा उनले गरेका विकास निर्माणका काम, जनतासँगको सम्बन्ध र समाजसेवाप्रतिको सक्रियताका कारण उनीप्रति पुनः आकर्षण बढ्दै गएको छ।
यही कारण आगामी निर्वाचनमा महेश कुमार यादवलाई पुनः वडा अध्यक्षका रूपमा निर्वाचित गराउने पक्षमा स्थानीयस्तरमा आवाज उठ्न थालेको छ। सुन्दरपुरमा पछिल्लो समय देखिएको राजनीतिक चर्चालाई आधार मान्दा यादवको चुनावी सम्भावना बलियो रहेको स्थानीयस्तरमा चर्चा भइरहेको छ।
यद्यपि, आगामी निर्वाचनमा उम्मेदवारी, दलगत समीकरण र मतदाताको अन्तिम निर्णयले मात्रै चुनावी परिणामको टुंगो लगाउनेछ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर