Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा अावश्यक साम्रगिह नहुदा पिसी अार मेसिन जडान भएन

प्रतिक्षा खबर
२०७७ जेष्ठ १८, आईतवार २१:४१

प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघिसकेको छ । ९८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
प्रदेशमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको समयमा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला बन्द हुन पुगेको छ । आवश्यक सामान नहुँदा शनिबार साँझदेखि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. निरा पाठकले जानकारी दिइन् । तीन दिन अगाडिदेखि आवश्यक सामग्री माग गरिए पनि उपलब्ध हुन नसकेपछि ल्याब बन्द हुन पुगेकाे उनको भनाइ छ ।
प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला जनकपुर र राजविराजमा रियलटाइम पीसीआर मेसिन जडान गरेको छ । तर प्रभावकारी ढंगले परीक्षण हुन सकिरहेको छैन । जनकपुरमा जडान गरिएको मेसिनको गुणस्तर र क्षमता परीक्षणकै क्रममा छ । जनकपुरको मेसिनले पहिलो लटमा २५ जना र दोस्रो लटमा ४७ जनाको स्वाब परीक्षण गरिसकेको ल्याबले जनाएको छ । तर रिपोर्ट रिकन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरे बताउँछन् । ‘परीक्षण प्रकृया अन्तिम चरण छ, दुई दिनभित्रै जनकपुरस्थित पीसीआर मेसिनले पूर्ण क्षमतासहित स्वाब परीक्षण गर्छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर