Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपक्षी दल

प्रतिक्षा खबर
२०८१ कार्तिक ५, सोमबार १२:११

५ असोज, काठमाडौं । प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदैछन् ।

गत शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

सोमबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रका लागि विपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनाल सदस्यीय रहेको कार्यदल बनेको थियो । उक्त कार्यदलले तयार पारेको ज्ञापनपत्र सोमबार प्रधानमन्त्रीलाई भेटेर बुझाउने विपक्षी दलका नेताहरूको तयारी छ

कार्यदलका सदस्य समेत रहेका रास्वपा सांसद खनालका अनुसार, विशेषगरी सरकारले अलर्ट जारी हुँदा पनि पछिल्लो विपत्तिमा तयारी गर्न नसकेको, घाइते र बेपत्ताहरूको खोजी तथा राहत, उद्धारमा गम्भीर नभएको लगायतका विषयमा केन्द्रत रहेर प्रतिवेदन तयार पारेको छ । ‘बाढीपहिरोसँग सम्बन्धित विषय छ । सरकारको पछिल्लो विपद्मा राम्रोसँग रेस्पोन्स गर्न सकेन भन्ने विषय प्रतिवेदनमा छ,’ उनले भने ।

कार्यदलका अर्का एक सदस्यका अनुसार सरकार सुशासन र भ्रष्टाचारको विषयमा गम्भीर हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । बाढीपहिरोपछि देशका विभिन्न ठाउँमा पुगेको क्षतिमा गम्भीर हुन आग्रह गर्दै पुनर्निर्माणमा लाग्न सरकारलाई ज्ञापनपत्रमार्फत आग्रह गरिएको उनले बताए ।

गत शुक्रबार बसेको विपक्षी दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेका थिए । सत्तारुढ गठबन्धनमै रहेपनि उनीहरू विपक्षी दलको बैठकमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर