Advertisement
ताजा खबर

जलेश्वरमा दुर्गा जीकाे मुर्ति सेलाउन गएका एक युवकको पोखरीमा डुबेर मृत्यु

प्रतिक्षा खबर
२०७८ कार्तिक १, सोमबार ०३:४२

गाेपाल झा जलेश्वर , असोज ३१ गते ।
महोत्तरीमा दुर्गाजीको प्रतिमा विसर्जन गर्न गएका एक युवकको पानीमा डुबेर ज्यान गएको छ ।
ज्यान जानेमा जलेश्वर नगरपालिका– २ बस्ने १८ वर्षीय सुमित साह रहेको प्रहरीले जनाएको छ ।
उनी गाउँलेसंगै शनिबार मूर्ति विसर्जन गर्न गएका थिए । साँझ घर नफर्केपछि आफन्तले खोजविन सुरु गरेका थिए ।
सुमितको शव आइतबार बिहान करिब ११ बजे जलेश्वर स्थित भार्गवसर पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुमित मादक पदार्थ सेवन गरेर मूर्ति विसर्जन गर्न जाँदा मूर्तिले च्यापिएर डुबेको देखिएको छ ।
सुमितको मृत्युको विषयमा पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर