Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

सोनमा गाउँपालिकामा खसि चोरको बिगबिगि

प्रतिक्षा खबर
२०७७ माघ १३, मंगलवार २०:२८

बिष्णु यादब,गौशाला महोत्तरी माघ १३ गते
महोत्तरीको सोनमा गाउँपालिकामा खसि चोरको बिगबिगि बढेको छ । सोनमा गापा ७ सुन्दरपुरस्थित स्थानिय रासबिहारी यादबको सोमबारराती घरबाटै दुई वटा खसी,एक थान मोबाईल र एक जोर जुत्ता चोरले चोरी गरी लगेको हो ।
दुई हप्ताको अन्तरालमा सुन्दरपुरमा करीब आधा दर्जन चोरीको घटना भईसकेको स्थानिय ज्ञानेन्द्र यादबले जानकारी दिनुभयो । यस वडा देखी करीब १ किलो मिटरको दुरीमा रहेको अस्थाई प्रहरी चौकी मगरथानाको फितलो गस्तिका कारण दिन प्रतिदिन चोरहरु सहजै रुपमा चोरी गरी लग्ने गरेको यादबको आरोप हो ।
चोरहरुले एक हप्ता पहिले स्थानिय रसिलाल यादबको घरबाट एक थान एलसिडि,केही लत्ता कपडा र केही नगद लिएर भागेका थिए भने गत शुक्रबार स्थानिय नगटा यादबको घरबाट एउटा बाख्रा र एउटा खसी चोरी गरी लगेका थिए ।
प्रहरी प्रसाशनको मिलोमत्तो वा वहाहरुकै लापरबाहीका कारण घरैपिछे अबैध मदिरा,लागु औषध गजा बेचबिखीन निर्बाध रुपमा भई रहेकोले यस्ता अपराधिक घटना बढ्न लागेको स्थानियहरु बताउछन् ।
प्रशासनको चुनौती दिदै चोरहरसहजैं रुपमा चोरी गरी रहेकाले यहाँका स्थानियहरु भ्यभित भई जिवन जिउन बाध्य भएको स्थानिय समाजसेबी युवा बिनोद यादबले बताए । गाउ नजिकै रहेको खोर भन्ने चौरीमा बाहिर बाहिरको केही केटाहरुको समुहले लागु औषध गाजा,टेबलट खाने गरेको र रातीमा उनीहरुनै चोरी गर्ने गरेको हुन सक्ने यादबले बताए ।
एता ईलाका प्रहरी कार्यालय गौशालाका ईन्चार्ज ईन्सपेक्टर प्रकाश रेग्मीले घटनाहरुको अध्यन्न गरी अनुसन्धान गरी रहेको र त्यस्ता अपराधिलाई चाडैं कानुनी कटघेरामा लाउने बताए । त्यस्तै लगातार भई रहेको यस्ता घटना बास्तबमा चिन्ताजनक रहेकोले चाडै अपराधिलाई पक्राउ गरी कारबाही गर्न sthaniya haru प्रहरीसंग अपिल गरेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर