Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जनमत पार्टीका प्रदेश सांसद सीके गुप्तामाथि कांग्रेस नेता फखरुद्दिन खाँका भतिज एजाज खानले गरे हातपातकाे प्रयास

प्रतिक्षा खबर
२०८१ कार्तिक १०, शनिबार १६:३१

१० कात्तिक, बुटवल । जनमत पार्टीका लुम्बिनी प्रदेश सांसद सीके गुप्तामाथि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा हातपात प्रयास भएको छ ।

शनिबार विहान युवाहरुको एक समूहले लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि गुप्तामाथि हातपात प्रयास गरेको हो ।

आफूलाई प्रहरीले कार्यालयभित्र लगेको र दुई घण्टादेखि त्यहीँ बसिरहेको गुप्ताले बताए । इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीका अनुसार सांसद गुप्ता आफ्नो कार्यालयतर्फ जाँदै गर्दा बाटोमा एक समूहले हातपात प्रयास गरेको हो ।

इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडी रोकेर युवाहरुले हातपातको प्रयास गरेपछि प्रहरीले रोकेर सांसद सवार गाडीलाई आफ्नो कार्यालयभित्र पुर्‍याएको उनले बताए ।

कांग्रेस नेता फखरुद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समुहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए । आफूलाई रोकेर गाडीमा सँगै रहेका २ जनामध्ये एक जनालाई बाहिर निकालेर कुटपिट गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख मगरातीका अनुसार भैसहियामा पूर्वसांसद फखरुद्दिनका भतिज नेतृत्वको समूह र सांसद सीके गुप्ता समर्थक समूहबीचको विवादछ ।

सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यो अवस्थासम्म आएको उनले बताए । थप बुझ्न र समस्या समाधानका लागि दुबै पक्षका व्यक्तिहरुलाई बोलाएर छलफल गर्ने तयारी भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर