Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

मुख्यमन्त्री सिंहले सदनमा बोले झुठ, आफन्त कहाँ जादा युपीका मुख्यमन्त्री संग भेटे

प्रतिक्षा खबर
२०८१ चैत्र २७, बुधबार १८:१०

जनकपुरधाम, चैत २७ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बुधबार सदनमा सरासर झुठ बोलेर सिंङ्गो सदनलाई ठगेका छन् । मधेश प्रदेश सभामा कुटनीति मर्यादालाई उल्लंघन गर्दै मुख्यमन्त्री सिंह भारत भ्रमणमा गएको प्रश्न उठेपछि आज जवाफमा उनले झुठ बोलेका छन् ।

मधेशका मुख्यमन्त्री पटक–पटक तोड्दै मर्यादा, चोरी–चोरी विदेश भ्रमण शिर्षकमा मधेश टुडेले समाचार प्रकाशन गरेपछि प्रतिपक्षी दलले मुख्यमन्त्री सिंहलाई प्रदेश सभामा जवाव दिनु पर्ने मांग गरे पछि उनले आज प्रदेश सभामा जवाव दिएका छन्

मधेश टुडेले समाचार प्रकाशन गरे पछि मुख्यमन्त्रीको सचिवालयले मुख्यमन्त्री भारत भ्रमणमा नगएको भनि प्रतिवाद गरेका थिए । तर प्रदेश सभामा जवाव दिँदै मुख्यमन्त्री सिंहले आफू राजकीय भ्रमणमा नभई व्यक्तिगत भ्रमणमा भारत गएको र त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री संग भेट गरेको स्वीकार गरेका छन् ।

मुख्यमन्त्री सिंहले कपिलबस्तुमा रहेको आफ्ना आफन्त संग भेटन जाँदा त्यहाँबाट १५ मिनेटको दुरीमा रहेको मन्दिरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि पुजा गर्न आएको र आफूहरुको त्यही भेट भएको जवाव दिएका छन् । तर, स्रोतका अनुसार उनी कुनै आफ्न्तका घर नभई नेपाली कांग्रेसका नेता अभिशेष प्रताप शाहको घर पुगेका थिए र उनको अभिशेष संग कांग्रेसका युवा नेता विकास ठाकुर (सर्लाही)ले मिलाएका थिए । उनका परिवार जनका अनुसार कपिलवस्तुमा उनको कुनै आफ्न्त छैन् ।

अभिशेषकै चाजोपाँजोमा मुख्यमन्त्री सिंहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी संग भेटघाट गरेका थिए । योगी संग भेटघाट गर्ने यो उनको दोस्रो प्रयास थियो । पहिलो पटक उनी जानकी मन्दिरबाट भार (पाहुर) लिएर अयोध्या पुगेका बेला पनि उनले प्रयास गरेका थिए तर, विना कुनै जानकारी त्यहाँ पुगेका कारण उनलाई उच्च सुरक्षाको प्रवन्ध समेत गरिएको थिएन् ।

सदनमा जवाफ दिँदै मुख्यमन्त्री सिंहले झुठ माथि झुठ जवाफ फर्काएका थिए । उनले यस भन्दा पहिला पनि मुख्यमन्त्री र मन्त्रीहरु भारत भ्रमणमा विना कुनै स्वीकृति गएको बताएका थिए । तर, मधेश प्रदेशले उनी भन्दा पहिला पाएका दुई मुख्यमन्त्री लालबाबु राउत र सरोजकुमार यादव कुनै भारत भ्रमणमा गएका छैनन् । बरु सरकार ढाल्नकालागि माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीका केही सभासदहरु सुरसण्डमा बैठक गरेका थिए । त्यसमा मुख्यमन्त्री सिंहकै पार्टी (जनमत)का सभासदहरु समेत सहभागी भएका थिए ।

मुख्यमन्त्री सिंह सदनमा झुठमाथि झुठ बोले पनि प्रतिपक्षी दलहरु मुकदर्शक बनेर बसेका थिए । उनको विरोध गर्नुको साटो मुख्यमन्त्रीको झुठ सुनेर मुसुमुसु हाँसिरहेका थिए । यसले मधेश प्रदेशमा प्रतिपक्षी दल कमजोर रहेको र सरकारको झुठ ढाँकछोप गर्ने गरेको स्पष्ट भएको विशेषज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर